मेरो प्रतिस्पर्धा धनाढ्य व्यक्ति र राजनीति कार्यकर्ताबीचको लडाइँ हो : हृदयेश त्रिपाठी

मेरो प्रतिस्पर्धा धनाढ्य व्यक्ति र राजनीति कार्यकर्ताबीचको लडाइँ हो : हृदयेश त्रिपाठी

परासी : पूर्वमन्त्री हृदयेश त्रिपाठीले पाहुनलाई स्वागत गर्न सकिने तर सधैंभरि राखिराख्न नसकिने बताएका छन्। आफूसँग चुनाव लडेका अर्बपति विनोद चौधरीलाई लक्षित गर्दै उनले भने, ‘उहाँ हाम्रो पाहुना हो। नेपाली परम्परामा पाहुनालाई केही दिन स्वागत गर्ने हो। उहाँलाई स्वागत छ, तर सधैं राखिराख्न सकिन्न। उहाँलाई चुनावपछि जनताले जसरी आएको हो, त्यसैगरी फिर्ता पठाउँछन्।’ 

त्रिपाठी र चौधरी नवलपरासी पश्चिमको निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लडेका छन्। त्रिपाठी जनता प्रगतिशिल पार्टी (जप्रपा) र चौधरी नेपाली कांग्रेसबाट चुनाव लडेका हुन्। त्रिपाठीलाई एमालेले समर्थन गरेको छ भने चौधरी सत्ता गठबन्धनबाट लडेका छन्। गठबन्धनले छुट्टाछुट्टै उम्मेदवारी दिएपछि किचलो उत्पन्न भएको छ। 

आफ्नो उम्मेदवारीबारे जानकारी दिन बिहीबार परासीमा आयोजित पत्रकार सम्मेलनमा त्रिपाठीले अर्बपति चौधरी र आफ्नो चुनावी प्रतिस्पर्धालाई धनाढ्य व्यक्ति र राजनीति कार्यकर्ताको लडाईँका रुपमा हेरेको बताए।

‘कांग्रेसका स्थानीय कार्यकर्ताले उम्मेदवारी दिएको भए मैले नदिने सोँचमा बनाएको थिएँ। तर बाहिरबाट धनाढ्य ल्याएर लडाएका कारण धनको वर्चस्वलाई परास्त गरी राजनीतिक वर्चस्व कायम राख्न मलाई उम्मेदवारी दिन बाध्य बनायो,’ त्रिपाठीले भने। 

नयाँ उम्मेदवार ल्याएर जिल्लाका कांग्रेसी नेता कार्यकर्तालाई उनीहरूकै दलले दिएको राजनीतिक चुनौतीलाई परास्त गर्न पनि आफ्नो उम्मेदवारी रहेको त्रिपाठीको भनाइ थियो।

धनाढय चौधरीसँगको आफ्नो लडाई देशभरका सबै राजनीतिक कार्यकर्ताको प्रतिनिधित्वको रुपमा रहेको उनको तर्क छ। राजनीतिलाई सौखका रुपमा हेर्नेले चुनाव जिते राजनीति प्रणालीलाई नै दूरगामी असर पार्ने भएकाले मतदाताले त्यसमा विचार गर्नेमा आफू विश्वस्त रहेको त्रिपाठीको भनाइ थियो। 

गठबन्धन र एमालेलगायतका अन्य दलहरूले विभिन्न जिल्लामा गरेको गठबन्धन र तालमेलको निर्णयले चुनावलाई सरल र सहज ढंगले सम्पन्न गराउन मद्दत मिलेको त्रिपाठीको भनाइ छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.