अरिङ्गालको टोकाइबाट स्याङ्तानको मृत्यु

अरिङ्गालको टोकाइबाट स्याङ्तानको मृत्यु

हेटौंडा : मकवानपुरमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भीमफेदी गाउँपालिका वडा नम्बर-६ निवासी वर्ष ६२ का कृष्णबहादुर स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक एवम् प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए। 

हिजो दिउँसो घर नजिकैको काभ्रेडाँडामा गोठालो गएका उनलाई अरिङ्गालले टोकेपछि उपचारको लागि चितवनको भरतपुरस्थित अस्पताल लगिएको थियो। स्याङ्तानको उपचारको क्रममा आज विहान मृत्यु भएको हो। 

त्यस्तै भीमफेदी गाउँपालिका वडा नम्बर-६ जुरिखेतमा घाँस काट्न गएकी एक जना महिलाको भीरबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा ३२ वर्षीया समिता राना मगर रहेको प्रहरीले जनाएको छ। घरदेखि १ किलोमिटर उत्तरतर्फको जङ्गलमा घाँस काट्न गएकी उनको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो।  

मृतक रानाको शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.