मुस्ताङका ३९ मतदान केन्द्रमा २९३ कर्मचारी

मुस्ताङका ३९ मतदान केन्द्रमा २९३ कर्मचारी

जोमसोम : आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मुस्ताङका ३९ मतदान केन्द्रमा २९३ जना कर्मचारी खटाइने भएको छ।

निर्वाचन आयोगले तोकेको मतदान केन्द्रका मतदाता संख्याबमोजिम मुस्ताङका मतदान केन्द्रमा उक्त संख्यामा कर्मचारी खटाइने तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ।

निर्वाचन आयोगले २५० जना मतदाता भएको मतदान केन्द्रमा सातजना कर्मचारी र दुईजना स्वंयसेवक, २५१ देखि ५०० जना मतदाता भएको मतदान केन्द्रमा आठजना कर्मचारी र तीनजना स्वंयसेवक र ५०१ जनाभन्दा बढी मतदाता रहेको मतदान केन्द्रमा आठजना कर्मचारी र चार जना स्वंयसेवक खटाउन निर्देशन भएको जिल्ला निर्वाचन कार्यालय मुस्ताङका प्रमुख मदन अर्यालले जानकारी दिए।

निर्वाचनअन्तर्गत आयोगले तोकेको मापदण्डअनुसार मुस्ताङका ३९ वटा मतदान केन्द्रमा ३९ जना मतदान अधिकृत र ३९ जना सहायक मतदान अधिकृत खटाइने छ।

मतदान केन्द्रमा १३९ जना सहयोगी कर्मचारी र ३९ जना सहयोगी खटाइने छ। यसका अलवा निर्धारण गरिएको कर्मचारीबाहेक १०३ जना स्वंयसेवक खटाइने छ।

समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको अस्थायी मतदान केन्द्रहरूमा चार जना कर्मचारी र एक स्वंयसेवक खटाइने व्यवस्था गरिएको छ।

मुस्ताङका मतदान केन्द्रमध्ये पाँचवटा मतदान केन्द्र ५०० भन्दा बढी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी समिर थापाले जानकारी दिए। 

उनका अनुसार  मुस्ताङको घरपझोङ-४ जोमसोमको जनहित मावि मतदान केन्द्र, घरपझोङ-५ ठिनीको मुक्तिनाथ आधारभूत विद्यालय मतदान केन्द, थासाङ-२ को जनआर्दश अमरसिंह मावि मतदान केन्द्र, थासाङ-३ लेतेको ज्ञानोदय मावि मतदान केन्द्र र लोमान्थाङ गाउँपालिका-५ लोमान्थाङको राष्ट्रिय आधारभूत विद्यालयमा ५०० भन्दा बढी मतदाता छन्।

गत वैशाख ३० मा सकिएको स्थानीय तह निर्वाचन २०७९ मा मुस्ताङमा ३८ मतदान केन्द्र रहेकामा यसपटक एउटा मतदान केन्द्र थपिएको हो। स्थानीय तह निर्वाचनमा १० हजार ४८५ जना मतदाता रहेकामा यसपटक १०९८७ मतदाता कायम भएको छ। 

प्रदेश 'क' मा तीन हजार ५४१ जना मतदाता छन् भने प्रदेश 'ख' मा सात हजार ४१६ मतदाता रहेको कार्यालयले जनाएको छ।

५२८ म्यादी र जनपथ प्रहरी खटाइने

निर्वाचनको सुरक्षाका लागि मुस्ताङमा म्यादी र नेपाल प्रहरी गरी ५२८ जना खटाइने जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। मुस्ताङमा २८५ जना म्यादी प्रहरी र २४३ जना नेपाल प्रहरी निर्वाचनमा खटाउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिए।

सशस्त्र प्रहरीले पनि निर्वाचनको शान्ति सुरक्षा कायम गर्ने न्यूनतम आवश्यकतालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी परिचालन गरिने तयारी भइरहेको सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक यज्ञमान सावतले जानकारी दिए। 

उनका अनुसार प्रहरी नायव उपरीक्षकको कमाण्डमा जिल्ला निर्वाचन सुरक्षा पोस्ट, प्रहरी निरीक्षकको कमाण्डमा स्टाइकिङ टोली, प्रहरी निरीक्षककै कमाण्डमा क्वीक रेस्पोन्स टिम, दुईवटा मोबाइल टिम, पैदल गस्ती टिम, मुख्य निर्वाचन अधिकृतको कार्यालयमा खटिने टिम र जिल्ला निर्वाचन कार्यालयमा खटाइने टिम गरी दर्जनौं सशस्त्र प्रहरी परिचालन गर्ने तयारी रहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.