मुस्ताङका ३९ मतदान केन्द्रमा २९३ जना कर्मचारी

मुस्ताङका ३९ मतदान केन्द्रमा २९३ जना कर्मचारी

जोमसोम : आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङका ३९ मतदान केन्द्रमा २ सय ९३ जना कर्मचारी खटाइने भएको छ। निर्वाचन आयोगले तोकेको मतदान केन्द्रका मतदाता संख्या बमोजिम मुस्ताङका मतदान केन्द्रमा उक्त संख्यामा कर्मचारी खटाइने तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ। 

निर्वाचन आयोगले २ सय ५० जना मतदाता भएको मतदान केन्द्रमा ७ जना कर्मचारी र २ जना स्वंयसेवक, २ सय ५१ देखि ५०० जना मतदाता भएको मतदान केन्द्रमा ८ जना कर्मचारी र ३ जना स्वंयसेवक र ५ सय ०१ जनाभन्दा बढी मतदाता रहेको मतदान केन्द्रमा ८ जना कर्मचारी र ४ जना स्वंयसेवक खटाउन निर्देशन भएको जिल्ला निर्वाचन कार्यालय मुस्ताङका प्रमुख मदन अर्यालले जानकारी दिए।

निर्वाचन आयोगले तोकेको मापदण्ड अनुसार मुस्ताङका ३९ वटा मतदान केन्द्रमा ३९ जना मतदान अधिकृत र ३९ जना सहायक मतदान अधिकृत खटाइने छ। यस्तै, मतदान केन्द्र र मतदाता संख्याको आधारमा मुस्ताङका ३९ वटै मतदान केन्द्रमा १ सय ३९ जना सहयोगी कर्मचारी र ३९ जना सहयोगी खटाइने भएको छ। यसका अलावा निर्धारण गरिएका कर्मचारीबाहेक १ सय ०३ जना स्वंयसेवक खटाइने छ ।

समानुपातिक निर्वाचन प्रणाली अन्र्तगतका अस्थायी मतदान केन्द्रमा ४ जना कर्मचारी र १ जना स्वंयसेवक खटाइने व्यवस्था गरिएको छ। मुस्ताङका मतदान केन्द्रमध्ये ५ वटा मतदान केन्द्र ५ सयभन्दा बढी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी समीर थापाले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.