मनहरीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा चार घाइते

मनहरीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा चार घाइते

हेटौंडा : मकवानपुरको मनहरीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जना घाइते भएका छन्। 

पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी-९ खरङ्गास्थित सडकखण्डमा आज हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना५त ८९३६ नम्वरको ट्याक्टरलाई सोही दीशातर्फ जाँदै गरेको जेएच १० डीजेड ७९९६ नम्वरको भारतीय यात्रुबाहक बसले ठक्कर दिँदा दुई जना घाइते भएका इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ। 

घाइते हुनेहरूमा ट्याक्टर चालक पर्साको वीरगंज-२९ निवासी २७ वर्षीय सुनिल साह र ट्याक्टरमा सवार सोही स्थानमा बस्ने ३७ वर्षीय विनोद चौधरी रहेका छन्। 

त्यस्तै पूर्वपश्चिम राजमार्गकै मनहरी-६ बिजौनास्थित खण्डमा भएको सवारी दुर्घटनामा परी २ जना घाइते भएका छन्। 

हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना५२प ८१९ नम्वरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकल चालक चितवनको रत्ननगर नगरपालिका-९ बस्ने ४७ वर्षीय रेशम ढुंगाना र उनको छोरी १९ वर्षीया पूजा ढुंगाना घाइते भएका हुन्। 

घाइते चारै जनाको मकवानपुर र चितवनको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको प्रदेश प्रहरी कार्यालय बागमती प्रदेश हेटौंडाले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.