आगामी निर्वाचनमा संविधान विरोधीलाई बहिस्कार गरौँ : डीना

आगामी निर्वाचनमा संविधान विरोधीलाई बहिस्कार गरौँ : डीना

हेटौंडा : नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डीना’ले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान विरोधीलाई आगामी निर्वाचनमा मतदान नगर्न आग्रह गरेकी छन् ।  

हेटौंडामा आयोजित कार्यक्रममा नेतृ डीनाले प्रतिगमनको पक्षधरलाई बहिस्कार गर्ने बेला भएको बताइन । 

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर-१ मा सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी उनले मतदान गर्नुपूर्व 

संविधानको रक्षाका गर्न जुटेका र बर्खिलापमा गएकाको पहिचान जनताले अब गर्नुपर्ने बताइन् । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले भनिन्, ‘जनताको त्याग, तपस्या र बलिदानीबाट प्राप्त उपलब्धीलाई पटक–पटक मास्न खोज्ने, संविधान मिच्ने, गणतन्त्र धरापमा पार्नेहरुलाई चिन्ने बेला आएको छ ।’
 
संविधानविरुद्ध संसदबाहिर बसेको राप्रपा नेपालका अध्यक्ष कमल थापालाई एमालेले उम्मेदवार बनाएको भन्दै नेतृ डीनाले आम जनताले सही नेतृत्व चुन्ने बेला भएको बताइन् । 

उनले लोकतान्त्रिक पद्धतिलाई स्थायित्व दिने कुरामा गठबन्धन दल प्रतिवद्ध रहेको उल्लेख गर्दै लोकतान्त्रिक संविधानको पूर्ण कार्यान्वयनको यात्रामा गठबन्धनका दलसँगै रहने बताइन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.