मकवानपुरमा मानव कंकाल भेटियो
हेटौंडा : मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर-१ स्थित बागमती खोलामा रहस्यमय मानव कंकाल फेला परेको छ।
प्रहरीचौकीबाट ७ किलोमिटर उत्तर र जिल्ला प्रहरी कार्यालयबाट करिब ६० किलोमिटर पूर्वतर्फ रहेको बागमती खोलामा शनिबार रहस्यमय मानव कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
फेला परेको मानव कंकाल कसको हो भन्ने हालसम्म खुल्न सकेको छैन। प्रहरीले प्रारम्भिक अनुसन्धानपश्चात् कंकाल खोलाले बगाएर ल्याएको हुनसक्ने अनुमान गरेको छ।
तर, पहिचान खुल्न र सनाखत हुन भने बाँकी छ। कंकाललाई पोष्टमार्टमका लागि आइतबार हेटौंडा अस्पतालस्थित पोष्टमार्टम् गृहमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए।