नवौँ राष्ट्रिय खेलकुद: महिला फूटबलको फाइनलमा पुलिस र एपीएफ

नवौँ राष्ट्रिय खेलकुद: महिला फूटबलको फाइनलमा पुलिस र एपीएफ

स्याङ्जा: नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत वालिङमा सञ्चालित राष्ट्रिय महिला फूटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । योसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको एपीएफ क्लब उपाधीका लागि भिड्ने छ । 

मंगलबार सम्पन्न सेमीफाइनलका खेलबाट नेपाल पुलिस क्लब र एपीएफ क्लबले फाइनल यात्रा तय गरेका हुन् । फाइनल खेल कात्तिक ३ गते हुनेछ। 

सेमिफाइनलमा पुलिसले प्रदेश १ र एपीएफले त्रिभुवन आर्मी क्लवलाई पराजित गरेका थिए । 

प्रतियोगिताको पहिलो खेलमा पुलिसले प्रदेश १ लाई ३-० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गर्‍यो । पुलिसकी रेखा पौडेल, निर्मला विक र निर्मला उपाध्यायले एक/एक गोल गरे । 

त्यस्तै दोस्रो खेलमा एपीएफले आर्मीलाई एक शुन्य गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । मध्यान्तर पछिको खेलमा सावित्रा भण्डारीको गोलले एपीएफलाई फाइनलमा पुर्‍यायो ।

अब पुलिस र एपीएफबीचको  उपाधी भिडन्त कात्तिक ३ गते बिहीबार हुनेछ । असोज २७ देखि वालिङ्मा जारी राष्ट्रिय महिला फूटबल प्रतियोगितामा तीन विभागीय टिमसहित १० समूहबीच प्रतिस्पर्धा भएको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.