अपडेट : बझाङ जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो (नामसहित)

अपडेट : बझाङ जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो (नामसहित)

बझाङ : बझाङको मष्टा गाँउपालिकामा भएको जिप दुर्घटना परी मृत्यु हुनेको संख्या ८ पुगेको छ। गम्भीर घाइते ५० वर्षीया सिन्की देवी भण्डारीको उपचारका लागि धनगढी लैजादै गर्दा बझाङको केदारस्युँ ४ बाग्थलमा मृत्यु भएपछि मृतक संख्या ८ पुगेको हो। 

दुर्घटनामा १५ जना घाइते छन्। सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका-२, खेतकोट जाँदै गरेको सुपप्र ०१-००१च ११७ नम्बरको जिप बुधबार अपराह्न ४ बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो।

जिप दुर्घटना हुँदा घाइते भएका १६ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक छ। दुर्घटनामा घाइतेमध्ये धेरैजसो महिला र बालबालिका रहेका छन्। दुर्घटनामा परि मृत्यु हुनेमा मष्टा गाँउपालिका वडा नं २ खेतकोटका १३ वर्षीया सम्झाना खड्का, १५ वर्षीय रोशन खड्का, २८ वर्षीया वसन्ती धामी, १३ वर्षीय प्रचण्ड खड्का, ३८ वर्षीय वीरेन्द्र अधिकारी, ७ महिनाकी बालिका दक्षिता कठायत र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका घर भएका ४२ वर्षीय झरेन्द्र बोहरा छन्।

घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर भएपछि धनगढी रेफर गरिएको छ। घाइते हुनेमा मष्टा गाउँपालिका-२ का ८ वर्षीय अमृत खड्का, १३ वर्षीया रोशनी धामी, सिंहवीर बुढा, ३५ वर्षीय गाडी चालक राजेश रोकाया, ४ वर्षीय सिर्जन सिंह, ११ वर्षीया अम्बिका सिंह, २५ वर्षीया कमला कठायत, २१ वर्षीया नन्दा ओखेडा, ७५ वर्षीय वीरबहादुर खड्का, मष्टा गाँउपालिका-१ साडा बस्ने ३६ वर्षीय सन्तोष सिंह, २२ वर्षीय ईश्वर ओखेडा, अनिस ओखेडा, १० वर्षीय अंकित खड्का, ४ वर्षीय सिम्रन सिंह, २२ वर्षीया हेमन्ती सिंह रहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए।

जिल्ला सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्किँदै गरेका यात्रु चढेको जिप दुर्घटनामा परेको हो। कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोक्दा जिप दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ। जिप सडकबाट ५ सय मिटर तल खोल्सामा खसेको थियो।

‘सडक एकदमै उकालो भएको र गाडीमा लोड बढी भएका कारण पछाडि सरेर भिरमा खसेको हो,’ प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले भने। दुर्घटनामा प्रायःजसो मष्टा २ का यात्रुहरुले ज्यान गुमाएका छन्।

दुर्घटनाले मष्टा गाउँपालिका शोकमा डुबेको छ। यसअघि २०७६ साल असार २ गते पनि सोही सडक खण्डअन्तर्गत डौठी भन्ने ठाँउमा जीप दुर्घटना हुँदा १० जनाले ज्यान गुमाएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.