ओली आकाशे खोर्सानी बने : खनाल
इलाम : पूर्वप्रधानमन्त्रीसमेत रहेका इलाम क्षेत्र न १ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार झलनाथ खनालले ओली जनताको भावना बिर्सेर आकाशे खोर्सानी जस्तै भएको बताएका छन् ।
चुनावी अभियानमा गाउँ जानु अघि इलामको फिक्कलमा आयोजना गरेको पत्रकार सम्मेलनमा खनालले भने, ‘केपी ओलीले जनताको भावना बुझन सकेनन् आकाशे खोर्सानी जस्ता बने ।’
उनले केपी ओलीले एमालेको मूल्य मान्यता बिगारेको आरोप लगाए । खनालले आफुले एमालेको मूल्य मान्यता बनाएको दावी गर्दै सो मान्यतालाई ध्वस्त पारेको बताए । उनले एमाले अस्ताउन लागेको शक्ति बनेको दाबी गरेका छन् ।
संविधानको रक्षा र अग्रगमनका लागि गठबन्धन अपरिहार्य भएको उनको भनाइ छ ।