मुस्ताङको कालिगण्डकी नदीमा पुरुषको शव फेला

मुस्ताङको कालिगण्डकी नदीमा पुरुषको शव फेला

जोमसोम : मुस्ताङको कालिगण्डकी नदीमा पुरुषको शव भेटिएको छ। मुस्ताङको थासाङ गाउँपालिका-२ सौरु र खन्तीबीच पर्ने कालिगण्डकी नदीमा बुधबार शव भेटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

मुस्ताङको थासाङ गाउँपालिका-५ ताक्लुङ घर भई थासाङ गाउँपालिका-२ सौरु बस्ने ४३ वर्षीय गमबहादुर परियारको शव कालिगण्डकी नदीमा भेटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिए।

कालिगण्डकी नदीमा शव फेला परेको सूचना पाएपछि प्रहरी टोली घटना स्थलमा पुगेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार कालिगण्डकी तर्ने क्रममा खोलाले बगाएर मृत्यु भएको हुनसक्ने अनुमान छ। 

प्रहरीका अनुसार परियार मंगलबार साँझ सौरुबाट कालिगण्डकी नदी तरेर खन्ती गाउँमा पुगेका थिए। साँझ पुनः घर फर्किने क्रममा कालिगण्डकी नदीले बगाएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा जनाइएको छ।

पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.