खुम्बु क्षेत्रमा पर्यटक बढे, एकै महिना १२ हजार भित्रिए

खुम्बु क्षेत्रमा पर्यटक बढे, एकै महिना १२ हजार भित्रिए

सोलुखुम्बु : विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकले खचाखच हुन थालेको छ । 

पछिल्लो एक महिना असोजमा मात्रै १२ हजार ४ सय ५१ जना पर्यटक खुम्बु पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्यांक छ । सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्ने व्यवस्था छ । 

सगरमाथा लगायतका हिमाली दृश्यको अवलोकन गर्ने पर्यटकको संख्या बढेसँगै यस क्षेत्रका व्यवसायी उत्साहित छन् । यतिबेला जिल्लाको खुम्बु क्षेत्र पुग्ने पर्यटक दिनप्रतिदिन बढिरहेका छन् । ट्रेकिङको सिजन शुरु भएसँगै पर्यटन व्यवसायी पनि लुक्ला पुगेका छन् । 

पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायत ठाउँका होटल व्यवसायी पर्यटकको स्वागतमा व्यस्त छन् । 

नाम्चेका होटल व्यवसायी लामाकाजी शेर्पाका अनु्सार होटल व्यवसायी व्यवसायमा निक्कै व्यस्त छन् भने सो क्षेत्रको बाटो, चौतारा तथा होटल लज पर्यटकले नै भरिभराउ बनेका छन् । 

दशैँको बेला खराब मौसमका कारण उडान नहुँदा पर्यटक आउन सकेका थिएनन् । मौसममा सुधार भएसँगै पर्यटकको लर्को लाग्न थालेको हो । 

लुक्लामा अहिले दैनिक ३२ वटा भन्दा बढी उडान हुने गरेको छ । उडानसँगै व्यस्ता बढेको नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख द्वारीका अछामीले बताए । खुम्बुमा वर्षको दुई पटक वैशाख, जेठ, असार र असोज कात्तिक, मंसिरलाई मुख्य पर्यटकीय सिजन मानिन्छ । 

जोरसल्ले चेकपोष्टका कर्मचारीमा पनि व्यस्तता बढेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायको भनाइ छ । उनले भने, ‘व्यस्तताको त कुरै नगरौँ न, टूरिष्टहरू धमाधम खुम्बु भित्रिदै छन् निकुञ्जका चेकपोष्टका कर्मचारीमा पनि अत्यन्त व्यस्तता बढेको छ । कुनै दिन त उनीहरूलाई खान फुर्सद समेत नभई इन्ट्रि गर्नमा जुटेका छन् ।’ 

लामो समय कोरोना कहरको चपेटामा परेको खुम्बुको पर्यटन व्यवसाय विस्तारै लयमा फर्किएसँगै होटल सञ्चालक तथा पर्यटन व्यवसायी उत्साही छन् । मौसममा सुधार भएकाले पर्यटकहरू पनि मनमोहक दृष्य अवलोकनमा रमाईरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.