नटिङ्घमसँग हार्‍यो लिभरपुल

नटिङ्घमसँग हार्‍यो लिभरपुल

लन्डन : लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा फेरि अर्को हार बेहोरेको छ। यस सिजन खराब लयबाट गुज्रिएको लिभरपुल शनिबार राति रेलिगेसन क्षेत्रको नटिङ्घम फरेस्टसँग स्तब्ध बनेको हो।

लिभरपुलले घरेलु टोली नटिङ्घमसँग १–० को हार बेहोरेको हो। लिभरपुललाई स्तब्ध पार्न घरेलु टोली नटिङ्घमका नाइजेरियन स्ट्राइकर ताइओ अओनिईले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बनेको थियो। उनले खेलको ५५औं मिनेटमा विलियम्सको फ्रिकिकमा गोल गरेका थिए।

लिभरपुलले ७६ प्रतिशत बल पोसेसन आफ्नो पक्षमा राखेर दबाब बढाए पनि घरेलु टोलीको रक्षापंक्ति तोड्न सकेन। लिभरपुलको पटक पटकको आक्रमणमा नटिङ्घमका रक्षापंक्ति बाधक बनेका थिए।

इङ्लिस प्रिमियर लिगको यस सिजनमा लिभरपुलको तेस्रो हार हो। लिभरपुलले ११ खेल खेल्दा चार जित, ४ बराबरी र तीन हारको नतिजा निकालेको छ। लिभरपुल तालिकाको सातौं स्थानमा छ। नटिङ्घमले १२ खेलमा नौ अंक जोडेको छ। प्रिमियर लिगमा नौ खेलपछि नटिङघमले पहिलो जित निकालेको हो। लिभरपुलमाथि महत्वपूर्ण जित निकाले पनि नटिङ्घम रेलिगेसन क्षेत्रमै छ। नटिङ्घम तालिकाको १९औं स्थानमा छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.