साउथी सर्वाधिक विकेट लिने खेलाडी
सिड्नी : न्युजिल्यान्डका तीव्र गतिका बलर टिम साउथी टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन्। बंगलादेशका अलराउन्डर सकिब अल हसनलाई पछि पार्दै साउथी सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा उक्लिएका हुन्।
शनिबार अस्ट्रेलियाविरुद्धको टीट्वेन्टी विश्वकपको सुपर १२ को पहिलो खेलमा तीन विकेट लिँदै साउथीले यो उपलब्धि हासिल गरेका हुन्। उनले सन् २००८ देखि २०२२ को अवधिमा एक सय एकमा यो उपलब्धि हासिल गरेका हुन्। उनले यो उपलब्धि हासिल गर्न तीन सय ६७ ओभर बलिङ गरेका थिए।
यसैगरी दोस्रो स्थानमा झरेका बंगलादेशका सकिबले एक सय चार खेलमा एक सय २२ विकेट लिएका छन्। उनले तीन सय ७८.३ ओभर बलिङमा यो उपलब्धि हासिल गरेका हुन्। अफगानस्तानका रासिद खानले ७२ खेलमा एक सय १८ विकेटका साथ तेस्रो स्थानमा छन्। यसैगरी एक सय सात विकेटका साथ श्रीलंकाका लासिथ मालिंगा चौथो र एक सय चार विकेटका साथ न्युजिल्यान्डका इस सोधी पाँचौं स्थानमा छन्।