मुस्ताङमा एक तिहाईले बुझाए हतियार

मुस्ताङमा एक तिहाईले बुझाए हतियार

जोमसोम : मुस्ताङमा एक तिहाईले मात्र इजाजत प्राप्त हतियार बुझाएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ। 

जिल्लाका ४२ जना व्यक्तिले हातहतियारको इजाजत पत्र लिएकामा निर्धारित समयसीमाभित्र १४ जनाले मात्र हातहतियार बुझाएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। अझै २८ थान हतियार बुझाउन बाँकी देखिन्छ।

यसअघि आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निश्पक्ष, शान्तिपूर्ण, भयरहित र सुरक्षित वातावरणमा निर्वाचन सम्पन्न गर्न मुस्ताङ जिल्ला भित्र इजाजत प्राप्त हातहतियारहरू निर्वाचनपश्चात सुरक्षित रूपमा फिर्ता गर्ने भनी सरोकावालाहरूलाई जिल्ला प्रशासन कार्यालय मुस्ताङले हातहतियार धनीसँग अनुरोध गरेको थियो। 

प्रशासनले हातहतियार बुझाउन गत असोज १४ गते सूचना प्रकाशित गरी कार्तिक ५ गतेसम्म समयअवधि तोकेको थियो।

प्रहरी र प्रहरी इकाईमा बुझाइएका १४ थान हतियार १२ बोरका हुन्। यी हतियारहरू मुस्ताङको लेते, घाँसा, कोवाङ र छुसाङका छन्। स्थानीय प्रशासनका अनुसार चालु आर्थिक वर्ष २०७९/०८० मा सात थान हतियार जिल्ला प्रशासनमा नवीकरण भएको थियो। 

गत आर्थिक वर्षमा कुल ३२ थान हातहतियार जिल्ला प्रशासनमा नवीकरण भएको पाइएको छ। बर्सेनि एक पटक नवीकरण गर्ने प्रावधान भएपनि मुस्ताङका कतिपयले एकै पटक दुई वर्षको नवीकरण गर्ने गरेको प्रजिअ शर्माको भनाइ छ।

मुस्ताङमा सबैभन्दा धेरै थासाङ गाउँपालिकाका विभिन्न व्यक्तिले इजाजत प्राप्त हतियार राख्ने गरेका छन्। थासाङपछि घरपझोङ गापाका विभिन्न व्यक्तिले हतियार राख्ने गरेका छन्। 

हतियार राख्नेमा मुस्ताङका केही जनप्रतिनिधि पनि छन्। हतियारको इजाजत प्राप्त गरेकाले आत्मरक्षाका लागि लिएको भनिएपनि ती हतियार कुन रूपमा प्रयोग भइरहेका छन् भन्नेमा स्थानीय प्रशासननै अनविज्ञ देखिन्छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.