सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आयोगको निर्देशन

सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आयोगको निर्देशन

काठमाडौं : निर्वाचन आयोगले सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आयोगको निर्देशन दिएको छ। 

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन नेपाल सरकार तथा प्रदेश सरकारको समेत मुख्य जिम्मेवारी भएकोले निर्वाचन प्रचारप्रसारका सम्बन्धमा निर्वाचन आचार संहिता, २०७९ को दफा ५ को खण्ड (क) तथा खण्ड (क १) लगायतका सम्पूर्ण व्यवस्थाको पालना गर्न तथा गराउन निर्देशन दिएको हो।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को खण्ड (क) ले नेपाल सरकार, प्रदेश सरकार, नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रीले गर्ने निर्वाचन प्रचार प्रसारलाई व्यवस्थित गरेको तथा सोही दफाको खण्ड (क १) ले त्यसरी प्रचारप्रसार गर्दा समेत सरकारी स्रोत साधनको प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ।

उल्लेखित व्यवस्था कार्यान्वयनका लागि आयोगले पटक पटक राजनीतिक दलहरुको ध्यानाकर्षण गर्दै आएको छ भने राजनीतिक दलका प्रमुख पदाधिकारीबाट निर्वाचन आचारसंहिता पालनाको प्रतिवद्धता समेत प्राप्त गरेको छ। 

यति हुँदा हुँदै निर्वाचनका सन्दर्भमा नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्री लगायतका पदाधिकारीले निर्वाचन प्रचार प्रसार सम्बन्धी कार्यका लागि हेलिकोप्टर लगायत सरकारी स्रोत साधनको प्रयोग गर्ने गरेको भनी विभिन्न माध्यमबाट सूचना प्राप्त भएकाले सो कार्यलाई नियन्त्रण गर्न सत वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.