ग्रहणसँग मानिस किन डराउँछन्?

ग्रहणसँग मानिस किन डराउँछन्?

काठमाडौं : आज कार्तिक ८ गते करिब १३०० वर्षपछि दीपावलीको दिन चार ग्रहको दुर्लभ संयोजन भएर सूर्यग्रहण लाग्दैछ । विश्वका धेरै देशमा सूर्यग्रहणको नाम सुन्नासाथ मानिसहरू डराउँछन्। 

यो डरको जरो हाम्रा पुर्खासँग जोडिएको छ। यो ३० हजार वर्ष पहिलेको कुरा हो। आदिम मानवको समयमा मानिस खुल्ला आकाशमा तारामुनि बस्थे। यी ताराले मानिसलाई आउँदै गरेको वर्षा, चिसो र दिशाबारे जानकारी गराउँथ्यो। 

आकाशमा हुने यस्ता घटनाहरूले मानिस कहिले डराए त कहिले रमाए। पछि विकास हुँदै जाँदा क्रमश: यीसँग सम्बन्धित रोचक कथा सिर्जना भएका छन्। 

सूर्यग्रहण सुरु भएदेखि अहिलेसम्म यससँग सम्बन्धित रोचक कथा वा इतिहास यस प्रकार छन् :

नासाको अनुसार करिब ५ हजार वर्ष पहिले सूर्य ग्रहणको खगोलीय घटनामा मानिसले ध्यान दिन सुरु गरेका थिए।

आयरल्याण्ड बस्ने आर्कियो एस्ट्रोनमर पल ग्रिफिनले आफ्नो देशमा ऐतिहासिक पत्थरमा अध्ययन गरे। सो पत्थरहरु वैज्ञानिक तरिकाले राखिएका छन्। उक्त पत्थरहरुले ३,३४० इशापूर्वमा ३० नम्बरमा लागेकफ ग्रहणलाई देखाएको छ।

२,१३७ इशापूर्व अर्थात ४,१५८ वर्ष पहिला चीनका राजा चुंग काङ्गले आफ्नो दरबारमा ग्रहणको बारेमा अध्ययन गर्न भनेर २ खगोलविद् राखेका थिए। एकपटक हिस र हो नामका ती खगोलविद्ले सूर्यग्रहण लाग्ने कुरा पत्ता नलगाएकाले उनीहरुको राजाले टाउको र जीउ छुट्याइदिएका थिए।

बेबिलोनमा ५१८ इपूदेखि ४६५ इपूको बीचमा बनेको माटोको डल्लोमा सूर्यग्रहणको बारेमा लिखित साक्ष भेटिएको छ। 
यसमा १,३७५ अर्थात ३,४०० वर्ष पहिला मे ३ मा उगरेत भन्ने ठाउँबाट खग्रास सूर्य ग्रहण देखिने कुरा उल्लेख गरिएको छ।

प्राचीन युनान

६४७ इपू मा अप्रिल ६ मा युनानी कवि आर्किलोचुसले पूर्ण सूर्यग्रहणको कुरा गरेका छन्। उनले, 'आशाभन्दा पर केही पनि सम्भप छैन, जीससभन्दा अद्भुत केही छैन, किनभने उनी जगतपिता हुन्। उनले दिन र रात बनाए। उनले चम्किलो सूर्यको ज्योति लुकाए। सोबाट मानिसको मनमा भयानक डर बस्यो।'

सूर्यग्रहणबाट डराउँथे मानिस

५८५ इपूमा युनानी दार्शनिक थेल्सले सूर्य ग्रहणको भविष्यवाणी गरेक थिए। उक्त समय युनानमा ६ वर्षदेखि लिडियन र मेड्सबीच लडाइँ जारी थियो। एकदिन अचानक सूर्य लुक्यो र दिनमै अँध्यारो भयो। थेल्सले यही वर्ष सूर्य ग्रहणको भविष्यवाणी गरेका थिए। लिडियन र मेड्सले भने यसलाई ईश्वरको प्रकोप माने। यसपछि युद्ध नै रोकियो।

ग्रहणको डर देखाएर कोलम्बसले ज्यान जोगाए

१,५०४ मा क्रिस्टोफर कोलम्बसको जहाज जमैकाको किनारमा ठोकियो। उनको जहाजमा भएका मानिस भोकै मर्ने अवस्था आयो। कोलम्बसले त्यहाँका स्थानीयसँग मद्दत माग्न उनले ग्रहणको बारेमा बताए। उनले आकाशीय शक्तिमा आफ्नो नियन्त्रण भएको बताए। त्यहाँका मानिस डराए र उनीहरुलाई खाना दिए। यसरी उनले आफ्नो र साथीको ज्यान बचाए।

वेद र पुराणमा सूर्य ग्रहण

ऋग्वेदको ५ औ मण्डलको ४० औ सूक्तमा सूर्य ग्रहणको बारेमा लेखिएको छ। स्वरभानु(राहु) नामक दैत्यले सूर्यमा हमला गरेर पूरा ढाकिदियो। यसबाट चारैतिर अन्धकार फैलियो। पृथ्वीको सबै काम नै रोकियो। सो बेलामा इन्द्रले ऋषि अत्रिसामु गएर दुनियाँलाई संकटबाट बचाउन आग्रह गरे। ऋषि अत्रिले सूर्यलाई मायावती राहुबाट मुक्त गरिदिए।

विष्णुपुराणमा पनि सूर्य ग्रहणको कुरा उल्लेख छ। राक्षसी सिंहिका पुत्र राहुले देवताको लाइनमा बसेर देवरुप धारण गरी समुद्रमंथनमा प्राप्त भएको अमृत सेवन गरे। सूर्यको उज्यालोमा देखिने बित्तिकै उसको भेद खोलियो। उसको छलदेखि रिसाएका विष्णुले चक्र प्रहर गरेर उसको टाउको काटिदिए। अमृत पिएको हुनाले ऊ अमर भयो। उसको शिरलाई राहु र जीउलाई केतु भनिन्छ। राहु र केतुले सूर्य र चन्द्रमालाई खाने र त्यसलाई नै ग्रहण भनिने उल्लेख छ।

महाभारतमा 

महाभारत युद्धमा कौरबका सेनाले एक्लै भएका अभिमन्युलाई घेरे। दुर्योधनका भिनाजु जयद्रथले पछाडिबाट अभिमन्युको हत्या गरे।

त्यसपछि अर्जुनले भोलि सूर्य अस्त नहुन्जेल जयद्रथको हत्या नगरे आत्मदाह गर्ने प्रतिज्ञा गरे। बेलुका हुनेबेलासम्म पनि अर्जुनले जयद्रथको हत्या गर्न सकेनन्। सोही समयमा कृष्णले आफ्नो मायाले सूर्यलाई ढाकिदिए। सबैजनाले बेलुका भयो भन्ने बुझे। अर्जुन आत्मदाहको तयारी गर्दै थिए। कौरव सेनासँग जयद्रथ खुसीले रमाउन लागे। सोही बेलामा सूर्य चम्कियो।

कृष्णको आदेशमा अर्जुनले वाण हानेर जयद्रथको टाउको सय योजन पर तपस्यारत रहेका उनका पिताको टाउकोमा खसालिदिए।

अन्य केही मान्यता

प्राचीन मानवको दिनचर्या प्रकृतिको नियमअनुसार चल्थ्यो। यस्तो समयमा सानो परिवर्तन आउँदा पनि मानिस डराउँथे। अमेरिकी कूलमा सूर्य र चन्द्रमा प्रेमी भएको र ग्रहण  लाग्दा उनीहरुले धर्तीलाई पर्दा लगाएर रोमान्स गरेको भन्ने मान्यता राख्थे।

पश्चिमी एसियामा भने ग्रहण लागेको बेलामा ड्रयागनले सूर्यलाई निल्न लागेको हुनाले ढोल बजाएर त्यसलाई भगाउने कोसिस गर्थे। 

स्क्यानडिनेभिआइ मानिसहरु भने ब्वाँसोहरुले ग्रहणको समयमा सूर्यलाई हमला गर्ने मान्छन्।

त्यस्तै टोगोका मानिस भने ग्रहणको समयमा चन्द्रमा र सूर्य एकआपसमा झगडा गर्ने मान्छन्। 

त्यस्तै नेपाल तथा भारतमा भने ग्रहण लाग्दा शरीर अपवित्र हुन्छ भन्ने मान्यता छ। सो समयमा पूजा गर्न, भगवानलाई छुन वर्जित गरिएको छ। ग्रहणपछि मूर्तिलाई जलले पखाल्ने चलन छ। ग्रहणको समयमा भजन गाएर नकरात्मक प्रभावबाट जोगिन् भन्ने पनि विश्वास रहेको छ। दैनिक भास्कर


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.