तिहारका गुलिया मिठाइ र स्वास्थ्य

तिहारका गुलिया मिठाइ र स्वास्थ्य

चाडपर्वका बेला खानेकुरामै ज्यादा ध्यान केन्द्रित हुन्छ। बिहान उठेदेखि राति नसुतेसम्म तथा दिनभर नै अब अर्का पटक के खाने भन्ने छलफलमै व्यस्त बन्छौं। हामी पनि त्यस्तै छौं, चाडपर्वकै नाममा जीवनशैली अनियमित बनाइदिन्छौं। मनाउने तरिका अस्वस्थकर बनाउँछौं र विभिन्न स्वास्थ्य समस्याबाट जकडिरहेका हुन्छौं। जानीजानी बिहान चाँडै उठेर नियमित व्यायाम गर्ने बानी छाड्छौं, राति पनि अबेर सुत्छौं। ट्राइग्लिसिराइड, युरिक एसिड, सुगर, उच्च रक्तचाप ३० देखि ४० प्रतिशतमाथि गएको पाइन्छ। यसको स्तर ठीकमा ल्याउँदासम्म शरीरको भित्री भागमा केही न केही नोक्सान भइसकेको हुन्छ।

तिहारमा गुलियो खानेकुराको स्थान सबैभन्दा उच्च छ। चिनी गुलियो हुन्छ। सबैलाई मन पर्छ तर चिनीले तत्कालै शक्ति दिनेबाहेक कुनै फाइदा दिँदैन तथा स्वास्थ्यका लागि उपयुक्त पनि हँदैन। गुलियोले सेता रक्तकोषहरू कमजोर बनाउँछ, ग्लुकोजको रासायनिक बनोट भिटामिन सीसँग मिल्दोजुल्दो भएकाले रगतमा ग्लुकोज बढ्दा कोषकोषमा बस्छन्। जसले एकातिर भिटामिन सीको कमी भई रोगविरुद्ध लड्ने शक्तिमा ह्रास हुन्छ भने अर्को तिर इन्सुलिन बढाई ग्रोथ हर्मोनको उत्पादन कम हुन्छ र इम्युनिटी घटाउँछ। इन्सुलिनले शरीरमा ट्राइग्लेसेराइडको मात्रा बढाउँछ, बोसो भण्डारण गर्छ।

जसले मुटुधमनीका रोगहरू, उच्च रक्तचाप बनाउन सक्छ। धेरै वा पटकपटक चिनी वा गुलियो परिकार खानेमा चाँडै नअघाउने, पटकपटक खाइरहने बानीले मोटोपना, खनिजतत्वको सञ्चित र भण्डारणमा कमी ल्याउँछ। शिशुहरूमा दाँतको समस्या देखिन्छ। अत्यधिक चिनी सेवनले मानसिक एकाग्रतामा कमी, झर्किने तथा डिप्रेसन ल्याउँछ, मिर्गौलामा नकारात्मक असर, शरीर सुन्निने, पेटको समस्या, हड्डी खिइने, टाउको दुख्ने, माइग्रेन समस्या बढी हुन्छ।

हिजोआज त झनै चिनी महँगिएका कारण चिनीभन्दा पाँच सय गुणा बढी गुलियो रसायन स्याकरिनको प्रयोग बढ्दो छ। २० रुपैयाँमा पाइने ५० ग्राम स्याकरिनले ३० किलो बढी चिनीको काम गर्ने बताइन्छ। सन्तुलित शाकाहारी खानाले मुटुरोग, उच्च रक्तचाप, क्यान्सर, मधुमेह, जोर्नी दुख्नेलगायत अनगिन्ती रोगबाट बचाउँछ। सागपात तथा शाकाहारी खानामा बढी प्रोटिन र एमिनोएसिड भएकाले रक्तचाप नियन्त्रणमा राख्छ, रेसा, म्याग्नेसियम, क्याल्सियम, फलाम र भिटामिन के यथेष्ट हुन्छ। मासुमा अत्यधिक प्रोटिन, बोसो, कम कार्बोहाइड्रेट तथा फलाम र क्याल्सियम पाइँदैन, विभिन्न रोगहरू लगाउँछ। उग्र स्वभावको बनाउँछ। तसर्थ माछा–मासुले तनका साथै मन पनि अस्वस्थ बनाउँछ।

गुलियोले सेता रक्तकोषहरू कमजोर बनाउँछ, ग्लुकोजको रासायनिक बनोट भिटामिन सीसँग मिल्दोजुल्दो भएकाले रगतमा ग्लुकोज बढ्दा कोषकोषमा बस्छन्। जसले एकातिर भिटामिन सीको कमी भई रोगविरुद्ध लड्ने शक्तिमा ह्रास आउँछ।

हरेक चाडपर्वमा पसलका मिठाईहरू किन्ने चलन बढ्दो छ। तर हिजोआज बजारमा उपलब्ध विभिन्न प्रकारका मिठाईसँगै रोगहरू पनि किनिरहेका छौं। किनभने सामान्य दिनको तुलनामा तिहारमा बढी खपत हुने भएकाले मिसावट गरिएको अशुद्ध मिठाई तिहार आउनु साता अघिदेखि नै बनाइन्छ। मिठाई बनाउँदा धेरै समयसम्म पकाइने भएकाले अखाद्य पदार्थले शरीरमा दीर्घकालीन असर पारिरहन्छ। अर्को अस्वस्थ बानी जब चाडपर्व वा मिठाईको बिक्रीको समय आउँछ, तब पसलेले मिठाई ढोका बाहिर आँगन, बाटोसम्म राखेर बेच्ने चलनले बाटोको धुवाँ, धुलोले एकातिर मिठाईलाई दूषित बनाइरहेका हुन्छन् भने अर्कोतिर झिँगा, किरा लागी संक्रमित बनाइरहेका हुन्छन्।

विभिन्न प्रकारका रङहरू, सिम्रिक, सिन्दूर, अबिर, नीर, रोडामिन बी, ब्रिलियन्ट ग्रिन, मालाचिट ग्रिन, मेटालिन एल्लो, ओरेन्ज, जी नेप्थोल, एल्लो एस, अउरामिन, केशरी तथा चम्पारङ र बढी मात्रामा खाद्य रङहरू क्यारोरिन, एनाटो, विकबिन, कार्नेन, खैरो चिनी इत्यादि तथा एडेटियो प्रिजरभेटिभहरू प्रयोग गरिएका खानेकुरा खाँदा कतिपय अवस्थामा प्रत्यक्ष हानि गर्ने त केहीमा दीर्घकालीन असर स्वास्थ्यमा पर्दछन्।

रङमिश्रित वा दूषित घिउ तेलको प्रयोगले रक्तकोषिकाहरू विशाक्त भई शरीरमा रगत कम हुने समस्या, रोगसँग लड्ने क्षमता घट्छ। भित्री कोमल अंगहरू जस्तै– कलेजो, मुटु, मिर्गौला, कमजोर हुन्छन्। क्यान्सर हुने सम्भावना बढेर जान्छ। चर्मरोग लाग्ने प्रबल सम्भावना हुन्छ। बाँझोपन हुन सक्छ। आँखा, कान कमजोर हुन सक्छ, सन्तान लुला, लँगडा एवं अपाङ्ग हुन सक्छन्। सन्तानलाई ट्युमर, क्यान्सर हुन सक्छ। पुरुषको वीजकोष मार्दै सानो हुँदै जाने तथा पुरुषत्व नाश हुने, मिर्गौला तथा कलेजोमा घाउ हुने र छालामा दीर्घरोगका देखिन सक्छ।तसर्थ मानवीय संवेदनाको ख्यालै नगरी चाडपर्वको मौका छोपी दिन दुई गुणा रात चार गुणा बढी नाफा कमाउन खाद्यपदार्थमा खतरनाक रङ, रसायन, औषधि प्रयोग गर्ने, काला बजारी गर्ने काम रोक्न एकातिर कडा नियम–कानुन, अनुगमन र नियन्त्रणका निम्ति सरकार नै अगाडि बढ्नुपर्छ भने अर्कोतिर उपभोक्तामा सचेतना आउनपर्छ। जबसम्म उपभोक्ता सचेत हुँदैन तबसम्म खाद्य विषाक्तता बढेको बढ्यै हुने छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.