मंसिर ४ गते हुने निर्वाचन निष्पक्ष र शान्तिपूर्ण हुन्छ : प्रधानमन्त्री  देउवा

मंसिर ४ गते हुने निर्वाचन निष्पक्ष र शान्तिपूर्ण हुन्छ : प्रधानमन्त्री  देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गते हुने निर्वाचनलाई सरकारले निष्पक्ष र शान्तिपूर्ण रुपमा गर्ने बताएका छन्। नेपाल संवत् ११४३ को अवसरमा भक्तपुर ठिमीमा बुधबार आयोजित नेपाल सवंतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर शाख्वाको माल्यार्पण समारोहमा उनले निर्वाचन सफल बनाउन राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी वर्ग र सम्पूर्ण नागरिकले आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेका हुन्। 

उनले आम निर्वाचन मुलुकको संविधानको रक्षा, आर्थिक सुदृढिकरणका लागि महत्वपूर्ण हुने बताए। निर्वाचनमा सबै सक्रियताका साथ लाग्न उनले आग्रह गरे।

देउवाले नेपालको सामाजिक इतिहासलाई उचो राख्ने शंखधर शाख्वाजस्ता महान व्यक्तिबाट हामीले सिक्न जरुरी भएको बताए। उनले दलभन्दा माथि उठेर राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको धारणा राखे।  उनले नेपाल संवत् नेपालीको मौलिक संवत् भएको धारणा राखे। 

देउवाले राष्ट्रिय विभूति साख्वाको शालिकमा माल्यार्पणसमेत गरेका थिए। देउवाले एउटा हात शाख्यको प्रतिमामा आड लिएर अर्को एक हातले माला लगाइदिएका थिए। उनले एक हातले माला लगाए लगत्तै एक हातले नै शालिकतर्फ फर्किएर नमस्कार गरेको देखेपछि आलोचना हुन थालेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.