बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौं : मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१७ कठायत चोकमा आज बुधबार बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। स्थानीय अन्दाजी ४० वर्षीय सोम गोलेको मृत्यु भएको हो।
गम्भीर घाइते भएका गोलेको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको ना४ख ४० २२ नम्बरको बसले आज दिउँसो पौने ३ बजे पैदलयात्रीलाई ठक्कर दिएको हो। बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस !