फेल हुने रहर

फेल हुने रहर

बा स्कुल पढ्दाका 

किस्सा सुनाउनुहुन्थ्यो
हामीले किताब पढेर पनि 
थाहा नपाएका कुरा 
बा हाम्रो अनुहार 
पढेरै भेउ पाउनुहुन्थ्यो 
बा भन्नुहुन्थ्यो 
हाम्लाई किताबको पाठ 
सार्न दिएर सरहरू कता 
हो कता हराउनुहुन्थ्यो?
खोज्दै जान्थ्यौं 
सरलाई बारीका पाटामा भेटिन्थ्यो 
किन यहाँ आएको म क्लास मै त 
आउथें नि भनेर कराउनुहुन्थ्यो। 
 
सर कहिले बारीका पाटामा घाँस काट्दै
गरेको अवस्थामा भेटिनुहुन्थ्यो
कहिले कोदो गोड्दा गोड्दै 
हाम्रो कापी चेक गरिदिनुहुन्थ्यो। 

मैले भनें
हैन बा अहिले त त्यस्तो छैन 
पहिलाको जस्तो पढाइ अहिले हैन 
सरहरू हामीलाई पाठ सार्न दिएर 
हजुरको पालामा जस्तो 
बारीका पाटामा जानुहुन्न 
कक्षा कोठा नै बोकेर 
दोकान दोकानमा लानुहुन्न 
उहाँहरू त झोला बोकेर
पाटीको कार्यक्रममा पो जुट्नुहुन्छ 
कक्षा कार्य सकेर सरलाई खोज्दै जाँदा
कहिले पाटीको कार्यक्रममा भाषण 
गर्दै गरेको अवस्थामा भेट्छौं।
हामीलाई देखेर रिसले मुर्मुरिँदै
यहाँ किन आइस् भनेर चुट्नुहुन्छ।  
कहिले र्‍यालीमा नारा लाउँदै 
गरेको अवस्थामा भेट्छौं।
अहिलेका यी ठग विद्यार्थी कामै छैनन् 
भन्दै एकै ठाउँमा राखेर भुट्नुहुन्छ। 

शिक्षामा सुधार त भएकै हो नि 
बारीका पाटामा भेटिने सरहरू 
आजकल पाटीमा भेटिनुहुन्छ। 
भुइँतलामा भेटिने सरहरू 
आजकल आँटीमा भेटिनुहुन्छ। 

हाम्रा बा कम्ता रोमान्टिक हुनुहुन्न 
भन्नुहुन्थ्यो 
तेरी आमा स्कुल पढ्दा 
म भन्दा तीन क्लास तल थिई 
एकदिन अकस्मात ग्रीन सिग्नल दिई 
एउटै कक्षामा तीन वर्ष पर्खिएँ 
यसलाई पाउन मैले ठूलै 
रिस्क लिएँ 
बा को इतिहास 
छोरोसँग दोहोरिने खालको थियो
तर समस्या, 
बीचमा एउटा पर्खालको थियो
उदार कक्षोन्नतिले आशा
पलाउन पाएन
मेरो कुरा कसैले खाएन 
मलाई बा को बिंडो थाम्न मन लाग्यो 
कुरो के छ त भनेर उनको नाडी छाम्न मन लाग्यो 
उनी म भन्दा दुई क्लास 
तल थिइन् 
म सँगै जिउने मर्ने वाचा कसम लिइन् 
मेरो अनुनय विनयले 
हेडसरलाई गलाउन आएन
मेरा रहरहरू अंकुराउन पाएन   
मैले पटक-पटक हेडसरसँग बिन्ती बिसाएँ
उहाँसँग धेरैपटक कसम खाएँ  
सर म कक्षा दोहोर्‍याउँछु
अर्को वर्ष राम्रो अङ्क ल्याउँछु 
तर सर मान्नुभएन 
मेरो मन पढ्नै जान्नुभएन 
फेल हुन त मिल्दै मिल्दैन 
हामीले जसरी नि पास गराउनै पर्छ
कक्षा दोहोर्‍याउनै मिल्दैन 
अर्को कक्षामा चढाउनै पर्छ।  

त्यही झोकमा अर्को वर्ष 
सबै विषयको उत्तरपुस्तिकामा 
लभलेटर लेखेर छोडिदिएँ 
फेल हुन्छु भन्ने आश गरेको थिएँ 
फेल हुने रहर रहरै रह्यो 
तिमीसँग भेट हुने चाहना अधुरै भयो 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.