सबै स्थानीय तहमा इन्टरनेटको पहुँच पुर्‍याउने कांग्रेसको प्रतिबद्धता

सबै स्थानीय तहमा इन्टरनेटको पहुँच पुर्‍याउने कांग्रेसको प्रतिबद्धता

काठमाडौं: नेपाली कांग्रेसले सूचना प्रविधिलाई प्राथमिकता दिदैं चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ । 

कांग्रेसले शनिबार घोषणापत्र सार्वजनिक गर्दै सबै स्थानीय तहलाई उच्च गतिको इन्टरनेट नेटवर्कको पहुँचमा पुर्‍याउने प्रतिबद्धता जनाएको हो । 

टेलिमेडिसिन केन्द्रको स्थापना र सातै प्रदेशमा सूचना ज्ञान पार्क स्थापना गर्ने योजना कांग्रेसको छ । निर्यातमुखी डिजिटलाइजेशनलगायत सूचना संचार क्षेत्रमा २ लाख युवालाई संलग्न गराइने योजना घोषणापत्रमा उल्लेख छ । 

विज्ञान, प्रविधि, संचार र डिजिटलाइजेशनलाई प्राथमिकतामा राखेको कांग्रेसले नेपाली नागरिकताको प्रमाणपत्र, जग्गाको नामसारी, सवारी चालक अनुमतिपत्र बाहेकका अन्य सम्पूर्ण सेवालाई सूचना प्रविधिको माध्यममार्फत् सेवाग्राहीलाई घरमै उपलब्ध हुने प्रणालीको विकास गरिने योजना अघि सारेको छ । 

घोषणापत्रमा भनिएको छ,‘नेपाललाई नवीनतम प्रविधिमैत्री बनाउन वर्तमान दर्ता, कर, निर्यात, प्रतिलिपि अधिकार, साझेदारी र वैदेशिक लगानीको सीमालगायतका नीतिगत प्रक्रियामा सहजीकरण गरिने छ । सरकारी निकायमा गरिने प्रशासनिक तथा वित्तीय कारोवार, सम्पूर्ण कर प्रणाली र बैंकिंङ्ग प्रक्रियालाई विद्युतीय प्रणालीमार्फत् विस्तार गरिने छ । देशका सम्पूर्ण भागमा राष्ट्रिय भुक्तानी प्रणाली पुर्‍याएर डिजिटल भुक्तानीलाई व्यवसायी तथा व्यक्तिको क्रेडिट इतिहाससँग जोडेर त्यसकै आधारमा वित्तीय संस्थाबाट ऋण उपलब्ध गराउने प्रणालीको विकास गरी नगदरहित वित्तीय कारोबार सहितको डिजिटल नेपाल निर्माण गरिने छ ।’

सातै प्रदेशका राजधानी शहरमा सूचना ज्ञान पार्क स्थापना गरिने कांग्रेसको घोषणापत्रमा उल्लेख छ । यस्ता शहरहरूमा स्टार्ट अप विजनेस सेन्टरहरू स्थापना गरी डिजिटल सीप मार्फत् उद्यमशीलताको विकास गरिने भनिएको छ । देशभरका सम्पूर्ण नेपालीका लागि २४ सै घण्टा टेलिमेडिसिन सेवा उपलब्ध गराउनको लागि टेलिमेडिसिन केन्द्रको स्थापना गरिने र प्रत्येक व्यक्तिलाई बायोमेट्रिक परिचयपत्र नम्बरको आधारमा सबै स्वास्थ्य संस्थाले हेर्न सक्ने बनाइने कांग्रेसको योजना छ ।

घोषणापत्रमा भनिएको छ, ‘सूचना प्रविधि तथा डिजिटल सेवाका सम्बन्धमा पहुँच र जानकारी नभएका तथा अन्य नागरिकलाई सार्वजनिक सेवाहरू उपलब्ध पुयाउनको लागि स्थानीय सरकारसँगको समन्वय तथा सहकार्यमा भूगोलको अवस्था र जनसंख्याको अनुपातमा देशभरी डिजिटल नागरिक सेवा केन्द्रहरूको स्थापना गरिने छ । जन्मदर्ता, विद्यालय भर्ना तथा स्वास्थ्य सेवा लगायतका छरिएका वैयक्तिक विवरण एउटै डिजिटल प्लेटफर्ममा उपलब्ध हुने व्यवस्था गरी त्यसको उपयोगबाट नागरिकलाई उच्च गुणस्तरको सेवा डिजिटल प्रविधिमार्फत् सहज रूपमा उपलब्ध गराइने छ ।’

विज्ञान, परम्परागत प्रविधि र डिजिटलाइजेसन सम्बन्धी अध्ययन तथा अनुसन्धान गर्ने सरकारी संस्थाहरूले निजी क्षेत्रसँग सहकार्य गर्न नीतिगतरूपमा प्रोत्साहान गरिने घोषणापत्रमा उल्लेख छ ।

कांग्रेसले जारी गरेको संकल्पपत्रको पूर्णपाठ पढ्नुहोस्


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.