‘युरोपियन फिल्म हेर्नु युरोप घुम्नु सरह’

‘युरोपियन फिल्म हेर्नु युरोप घुम्नु सरह’

काठमाडौं : अभिनेत्री केकी अधिकारीले युरोपियन फिल्म हेर्नु भनेको सस्तोमा युरोप घुम्नु सरह भएको बताएकी छन्। नेपाल युरोपियन फिल्म फेस्टिभलको सद्भावनादूत रहेकी केकीले फिल्म महोत्सवले संसारका फिल्म मेकिङको कौशल जान्ने सुवर्ण अवसर भएको बताउँदै नेपाल युरोपियन फिल्म फेस्टिभलले दर्शक तथा फिल्मकर्मीलाई त्यो मौका उपलब्ध गराउने बताइन्।

उनले फिल्म हेरिरहँदा युरोपका ठाउँसँगै युरोपको कला संस्कृतिसँग पनि साक्षात्कार हुने अवसर पाइने भएकाले आफूले यसलाई बिना पैसा वा सस्तोमा युरोप घुम्ने मौकाका रुपमा लिएको बताएकी हुन्।  
नेपाल युरोपियन फिल्म फेस्टिभलको ११औं संस्करण काठमाडौंमा शुक्रबारबाट सुरु भएको छ। अनलाइन र भौतिक गरी मिश्रित माध्यमबाट सञ्चालन भएको फेस्टिभल काठमाडौं र सुर्खेतमा सञ्चालन भएको छ।

युरोपियन युनियनकी राजदूत नोना डेप्रेजले शुक्रबार महोत्सव समुद्घाटन गरेकी हुन्। यो क्रममा उनले महोत्सव कलाको प्रदर्शनीसँगै संस्कृति आदानप्रदानका लागि उपयुक्त माध्यम भएको बताउँदै महोत्सवमा देखाइने फिल्मले युरोपलाई बुझ्ने अवसर प्रदान गर्ने बताइन्।

केकीले आफू अभिनेत्रीसँगै फिल्म निर्माणमा पनि सक्रिय रहेकाले युरोपियन फिल्म फेस्टिभलमा देखाइने फिल्म हेर्न उत्साहित रहेको बताइन्। ‘म आफैं पनि व्यावसायिकसँगै महोत्सव केन्द्रित फिल्म बनाइरहेकी छु। त्यसैले पनि यो महोत्सवलाई मैले उत्सुकतापूवर्क लिएकी छु।’ केकीले केही दिनअघि मात्रै ‘प्रसाद २’ साइन गरेकी छन्। जसको सुटिङ मंसिरको पहिलो साता हुँदैछ। 

केकीले नेपाल युरोपियन फिल्म फेस्टिभलमा युरोपियनसँगै नेपाली फिल्म पनि देखाइने भएकाले नेपाली फिल्म पनि युरोपियन दर्शकसम्म पुगिरहेको बताइन्। ‘महोत्सवमा नेपाली फिल्म पनि देखाइँदैछन्, जुन युरोपका दर्शकले पनि हेर्नुहुँदैछ। यसले नेपाली कला संस्कृति त उता पुग्छ नै कालान्तरमा यसले सहकार्यको ढोका पनि खोल्न सक्छ’, केकीले भनिन्।

उनले युरोपका फिल्म नेपालमा देखाएजस्तै नेपाली फिल्म पनि विश्वका विभिन्न देशमा देखाउन पहल गर्नुपर्ने आवश्यकता रहेको औंल्याइन्। ‘व्यक्तिगत रुपमा फिल्मकर्मीले आआफ्नो हिसावले विश्वका फिल्म महोत्सवमा देशको प्रतिनिधित्व गरिरहनु भएको छ। तर, यसलाई संगठित रुपमा सरकारले पनि अगाडि बढाउन जरुरी छ। यसले नेपाली फिल्म र फिल्मकर्मीका लागि थप अवसरको ढोका खोल्न सक्छ’, उनले भनिन्।

नेपाल युरोपेली युनियन चलचित्र महोत्सवको ११औं संस्करण कात्तिक ११ देखि १५ गतेसम्म हुँदैछ। महोत्सवमा  १३  युरोपेली  र तीन नेपाली चलचित्र प्रदर्शन हुनेछ। सुर्खेतको मध्यपश्चिम विश्वविद्यालयमा चार दिन चल्ने फिल्म महोत्सवमा पाँच युरोपियन र तीन नेपाली फिल्म प्रदर्शन हुनेछन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.