छठले सामाजिक सद्भाव कायम गर्छ : मुख्यमन्त्री पाण्डे
मकवानपुर : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले देश तथा विदेशमा रहेका नेपालीलाई छठ पर्व २०७९ को शुभकामना दिएका छन्।
पाण्डेले आइतबार शुभकामना सन्देश जारी गर्दै छठ पर्वले नेपालीहरुमा समृद्धि, आपसी सद्भाव, सहिष्णुता र एकताको भावनाको विकास हुने विश्वास व्यक्त गरे।
अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरी मनाइने सूर्यको उपासना गर्ने मौलिक पर्व छठले धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो समुदायमा राष्ट्रिय एकता तथा सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
पवित्रता र एवम् आस्थाको महान छठ पर्व सांकृतिक विस्तारले देशका जात, धर्म र समुदायबीच भातृत्वको र सौहार्दताको बढेको पाण्डेले उल्लेख गरे। यस किसिमको मौलिक सांस्कृतिक पर्वको संरक्षण एवम् सम्वर्द्धन गर्नसके मात्रै नेपालीहरुको पहिचान विश्वमा नै स्थापित हुने उनले बताए।
उनले छठ पर्वले समुन्नत बागमती प्रदेश निर्माण गर्न सबैलाई एकतावद्ध भइ अघि बढ्ने प्रेरणा सबैलाई मिलोस् भन्ने शुभकामना दिए।