बागी उम्मेदवारलाई उम्मेदवारी निष्क्रिय बनाउन दुई दिनको अल्टिमेटम

बागी उम्मेदवारलाई उम्मेदवारी निष्क्रिय बनाउन दुई दिनको अल्टिमेटम

परासी : जिल्लाका गठबन्धनमा आवद्ध दलहरूले सात जना उम्मेदवारलाई उम्मेदवारी निष्क्रिय बनाउन भोलिसम्मको समय दिएका छन्। 

गठबन्धनमा आवद्ध पार्टीका जिल्ला अध्यक्षहरूको आइतबार बसेको बैठकले गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारले उम्मेदवारी निष्क्रिय नबनाए विधानअनुसार स्वतः कारवाही हुने निर्णय गरेका छन्। 

जिल्लाका २ प्रतिनिधि सभा र ४ प्रदेश सभामा गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाबाहेक सबैले एक अर्काविरुद्ध उम्मेदवारी दिएका छन्। 

बागी उम्मेदवारी दिएका उनीहरूलाई केन्द्रीय गठबन्धनको कात्तिक ११ गते बसेको बैठकले समेत उम्मेदवारको नामै तोकेर निष्क्रिय बनाउन निर्देशन दिएको थियो। 

तर, उम्मेदवारी निष्क्रिय नबनाएपछि जिल्लामा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्षको बैठक बसेर पुनः निर्देशन दिएका हुन्। 

बागी उम्मेदवारी दिनेमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यसहित पाँच जना छन् भने निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा 'क' मा दुई जना रहेका छन्। 

निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्य र सो प्रदेशको प्रदेश सभा 'क' नेपाली कांग्रेसको भागमा परेको छ भने प्रदेश सभा 'ख' माओवादी केन्द्रको भागमा परेको छ। 

प्रदेश सभा 'ख' मा माओवादी केन्द्रले उम्मेदवारी दिएपछि सहमति विपरीत नेपाली कांग्रेसका देवकरण जयसवालले रुख चिन्ह लिएर उम्मेदवारी दर्ता गराएका छन्। 

रुख चिह्न नै लिएर उम्मेदवारी दर्ता गराएपछि असन्तुष्ट बनेको माओवादी केन्द्रले प्रतिनिधि सभा सदस्यमा सीता बौडेल र प्रदेश सभा 'क' मा चन्द्रकान्त ढकालले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन्। 

त्यस्तै सोही प्रदेशमा नेपाली कांग्रेसका कृष्ण प्रसाद ढुंगाना र एकीकृत समाजवादीका टंक खनालले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन्। 

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा 'क' बाट माओवादी केन्द्रका खडब बस्नेत र एकीकृत समाजवादीका प्रकाश भट्टराईले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन्। उक्त प्रदेशको निर्वाचन क्षेत्र माओवादी केन्द्रको भागमा परेको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.