नगराईनमा उदाउँदो सुर्यलाई आरजुले ‘भोरका अर्घ’ दिइन्

नगराईनमा उदाउँदो सुर्यलाई आरजुले ‘भोरका अर्घ’ दिइन्

जनकपुरधाम :  प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाले अस्ताउँदो सूर्यलाई अर्घ दिएकी छिन्। नेपाली कांग्रेसकी केन्द्रिय सदस्यसमेत रहेकी राणाले छठ पूजाका लागि जनकपुरधाम आएर हिजो अस्ताउँदो र आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएकी हुन्।

धार्मिक आस्था, श्रद्धा एवं विश्वासका साथै शुद्धता र सामाजिक सद्भावको उत्कृष्ट पर्व छठ मनाउन प्रधानमन्त्री देउवा पत्नी राणा जनकपुरधाम आएर गङागा सागर घाट्मा अस्ताउदो र धनुषाको नगराईनस्थित विमलेन्द्र निधिको गाउँमा उदाउँदो सुर्यलाई अर्घ दिएको नेपाली कांग्रेस नेतृ ममता महतोले जानकारी दिइन्। जनकपुरधामको प्रसिद्ध गंगासागर र नगराईनको छठ घाटमा गएर छठ व्रतालुहरुसँगै उदाउदो सूर्यको आराधना गरेर विधिविधान अनुसार अर्घ दिएकी हुन्।’

अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जिवहरुप्रति सहानुभुति राख्न अभिप्रेरित गर्ने छठ मनाउन प्रधानमन्त्री देउवा पत्नि आरजु राणा जनकपुरधाम आइपुगेकी थिइन। आरजुसँगै निवर्तमान सांसद चन्दा चौधरी, नेपाली कांग्रेसका युवा नेता सन्दिप राणासहितका व्यक्तिहरु छठ मनाउन जनकपुरधाम आएका थिए। उनीहरुसँगै कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि, लोसपाका नेता अनिल कुमार झा, संसदीय दलका नेता रामसरोज यादव, निधि पत्नि अनामिकासहितका व्यक्तिहरु छठ घाटमा उपस्थित थिए।

यसरी छठ उदाउदो सुर्यलाई अर्घ दिए सङै सम्पन्न भएको छ। चार दिनसम्म नियम निष्ठापुर्वक मनाईने छठमा नहाय खाए, खरना, सझुका र बिहानको अर्घको विधि हुने गर्छ। सोमबार नै उनी नगराईन नगरपालिका अन्तर्गतको नेपाल–भारत सीमा जटही पुगेर नाका अवलोकन गर्ने कार्यतालिका छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.