दक्षिण अफ्रिकासँग भारत निरीह

दक्षिण अफ्रिकासँग भारत निरीह

पर्थ : आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले दोस्रो जित निकालेको छ। अस्ट्रेलियाको पर्थमा भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई पाँच विकेटले पराजित गरेको हो।  एक सय ३४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १९.४ ओभरमा पाँच विकेट गुमाउँदै जित निकालेको थियो।

दक्षिण अफ्रिकाको जितमा डेभिड मिलर र अइडन मार्कमले अर्धशतकीय पालि खेलेका थिए। मिलरले ५९ र मार्कमले ५२ रनको योगदान दिए। यस्तै दक्षिण अफ्रिकाका कप्तान तेम्बा बाभुमाले १० रन बनाए। भारतका अर्शदीप सिंहले दुई विकेट लिए। यस्तै मोहमद सामी, हार्दिक पान्ड्या र रविचन्द्रन अश्विनले एक/एक विकेट हात पारे।

यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३३ रनको योगफल खडा गरेको थियो। भारतका सूर्यकुमार यादवले ६८ रन बनाए। यस्तै कप्तान रोहित शर्माले १५ र विराट कोहलीले १२ रन बनाए। दक्षिण अफ्रिकाका लुङ्गी एनगिडीले चार तथा वेने पारनेलले तीन विकेट लिए। 

पाकिस्तानको सहज जित

विश्वकपअन्तर्गत नै आइतबार भएको खेलमा पाकिस्तानले जित निकालेको छ। पर्थमा आइतबार भएको खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको हो। नेदरल्यान्ड्सले दिएको ९२ रनको सामान्य लक्ष्य पाकिस्तानले १३.५ ओभरमा चार विकेट गुमाएर पूरा गरेको थियो। पाकिस्तानका मोहमद रिजवानले सर्वाधिक ४९ रन बनाए। यस्तै फाखर जमानले २० र सान मसुदले १२ रन बनाए। नेदरल्यान्ड्सका ब्रान्डन ग्लोभरले दुई तथा पाउल भान मिकेरिनले एक विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९१ रन जोडेको थियो। नेदरल्यान्ड्सका कोलिन एकरम्यानले सर्वाधिक २७ रन बनाए। कप्तान स्कट एडवार्डले १५ रनको योगदान दिए। पाकिस्तानका सादब खानले तीन विकेट लिए। यस्तै मोहमद वासिमले दुई तथा साहिन अफ्रिदी, नसिम साह र हरिस रौफले एक/एक विकेट हात पारे।

टीट्वेन्टी विश्वकपमा पाकिस्तानको पहिलो जित हो। पाकिस्तानले तीन खेलमा दुई अंक जोडेको छ। समूह ‘दुई’मा रहेको पाकिस्तान पाँचौं स्थानमा छ। अहिलेसम्म अंक जोड्न नसकेको नेदरल्यान्ड्स पुछारमा छ।

बंगलादेशको रोमाञ्चक जित

आइतबार नै भएको अर्को खेलमा बंगलादेशले रोमाञ्चक जित निकालेको छ। ब्रिजबेनमा आइतबार भएको खेलमा बंगलादेशले जिम्बावेलाई तीन रनले हराएको हो। बंगलादेशले दिएको एक सय ५१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको जिम्बावेले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४७ रन मात्र बनाउन सक्यो। जिम्बावेका सिन विलियम्सले सर्वाधिक ६४ रनको अर्धशतकीय पालि खेलेका थिए।

यस्तै रायन ब्रुलले अविजित २७ र रेगिस चाकबभाले १५ रन बनाए। बंगलादेशका तास्किन अहमदले तीन विकेट लिए। यस्तै मोसादेक हुसेन र मुस्ताफिजुर रहमानले दुई विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ५० रन जोडेको थियो। बंगलादेशका नाजमुल हुसेन सान्टोले ७१ रनको अर्धशतकीय पालि खेलेका थिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.