राष्ट्रपति भण्डारी शुक्रबार मुस्ताङ आउने

राष्ट्रपति भण्डारी शुक्रबार मुस्ताङ आउने

जोमसोम : राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार मुस्ताङ आउने कार्यतालिका सार्वजनिक भएको छ। 

हिन्दू तथा बौद्धमार्गीहरुको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथमा धार्मिक पूर्वाधारहरुको उद्घाटन र शिलन्यास गर्न राष्ट्रपति भण्डारी मुस्ताङ आउने जनाइएको छ।

गैरआवासीय नेपाली संघ(एनआरएन)का पूर्व उपाध्यक्ष सोनामको लगानीमा करिव तीन वर्षअघि निर्माण सम्पन्न भएको ३५ फिट अग्लो गौतम बुद्धको मूर्तिको अनावरण, सोही स्थानमा निर्माण हुने भगवान विष्णुको मूर्तिको शिलन्यास तथा मुक्तिनाथ रानीपौवामा निर्मित 'लो मुस्ताङ हिमालयन रिसोर्टको उद्घाटनका लागि राष्ट्रपति भण्डारी मुस्ताङ जान लागेकी हुन्। 

राष्ट्रपतिको मुक्तिनाथ भ्रमण र कार्यक्रमका बारेमा रिसोर्टका अध्यक्ष सोनाम लामाले सरकारी कार्यालय तथा अन्य सरोकारवाला निकायलाई निमन्त्रणा कार्ड पठाइसकिएको छ। 

राष्ट्रपति भण्डारीले मुक्तिनाथमा बुद्ध मूर्तिको अनावरण र विष्णुको मूर्तिको शिलन्यास गर्न शुक्रबार बिहान सवा ८ बजेको समय निर्धारण गरिएको छ भने बिहान सवा ९ बजे मुस्ताङ हिमालयन रिसोर्टको औपचारिक रूपमा उद्घाटन गर्ने कार्यतालिका छ।

केही वर्षअघिदेखि गैरआवासीय नेपाली संघका पूर्व उपाध्यक्ष लामाले आफ्नै लगानीमा मुक्तिनाथ मन्दिर परिसरको दक्षिणतर्फको क्षेत्रमा ३५ फिट अग्लो बुद्धको प्रतिमा निर्माण गरेका थिए। अहिले उनले सोही स्थान नजिकै ३५ फिट अग्लो विष्णुको प्रतिमा निर्माण गर्न लागेका हुन्। 

मुस्ताङको धार्मिक तथा पर्यटकीय पूर्वाधार निर्माण गरी मुक्तिनाथ क्षेत्रलाई हिन्दू र बौद्धको साझा संगम स्थलका रूपमा विकास गर्ने उद्देश्यले एनआरएनका पूर्व उपाध्यक्ष लामाले विष्णुको प्रतिमा निर्माण गर्ने योजना बनाएका हुन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.