गठबन्धनका बानियाँलाई सघाउन उम्मेदवारी फिर्ता

गठबन्धनका बानियाँलाई सघाउन उम्मेदवारी फिर्ता

हेटौंडा : मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा (ख) मा सत्तारूढ गठबन्धनबाटै बागी उम्मेदवार बनेका खुसीलाल प्रजाले गठबन्धनकै उम्मेदवार इन्द्रबहादुर बानियाँलाई सघाउने घोषणा गरेका छन्। 

प्रजाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आगामी मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धनका उम्मेदवार बानियाँलाई आफ्नो पूर्ण साथ समर्थन रहने उल्लेख गरे।

नेकपा माओवादी केन्द्र नेता तथा चेपाङ संघ बागमती प्रदेश अध्यक्षसमेत रहेका प्रजाले उम्मेदवार छनौट प्रक्रियामा असहमति जनाउँदै स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए। 

आफ्नो उम्मेदवारीले गठबन्धनको उम्मेदवारलाई क्षति हुने र संविधान र व्यवस्था विरोधीहरू नेतृत्वमा पुग्ने भएकाले गठबन्धनकै उम्मेदवारप्रति आफ्नो समर्थन रहेको प्रजाले स्पष्ट पारे। 

'मेरो उम्मेदवारीले माओवादी केन्द्रको नेतृत्वमा प्राप्त गणतन्त्रजस्ता महत्वपूर्ण राजनीतिक उपलब्धीहरूमा गम्भीर क्षति पुग्ने, संविधानको हत्या गर्नेहरूलाई राजनीतिक लाभ हुने र समग्र लोकतान्त्रिक विधि र पद्धतीमाथि नै घात हुने देखेकाले समृद्ध र लोकतान्त्रिक नेपालको निर्माणका लागि लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारहरूलाई विजयी गराउन इन्द्रबहादुर बानियाँलाई मेरो समर्थन रहेको जानकारी गराउँदछु,' प्रजाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। 

नेकपा एकीकृत समाजवादीका केन्द्रीय नेता एवम् पूर्वमन्त्री विरोध खतिवडा, माओवादी नेतृ कुमारी मोक्तान, एकीकृत समाजवादीकै सर्केश घलान र प्रतिनिधिसभा क्षेत्र नम्बर २ (ख) का उम्मेदवार इन्द्रबहादुर बानियाँकै रोहबरमा प्रजाले विज्ञप्ति सार्वजनिक गरेका हुन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.