जाजरकोटबाट गर्भवतीको हवाइ उद्धार

जाजरकोटबाट गर्भवतीको हवाइ उद्धार

जाजरकोट: सुत्केरी हुन नसकेर जटिल अवस्थामा पुगेकी रेखा विकको हवाइ उद्धार गरिएको छ ।

जुनीचाँदे गाँउपालिका-२ मजकोटकी २१ वर्षीया विकलाई हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेत लगिएको छ । 

सुत्केरी ब्यथा लागेको तीन दिनसम्म पनि बच्चा जन्मन नसकेपछि उनको अवस्था निकै जटिल भएको थियो । 

तत्काल सुविधा सम्पन्न अस्पताल नपुर्‍याए ज्यानै जान सक्ने स्वास्थ्यकर्मीको सुझावपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट उनको उद्धार गरिएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी अन्जन श्रेष्ठले बताए ।

प्रदेश अस्पतालमा रेखाको पेटबाट मृत बच्चा निकालिएको छ । रेखाको स्वास्थ्य अवस्था भने अहिले खतरामुक्त रहेको चिकित्सकले बताएका छन् ।

स्थानीय स्वास्थ्य चौकी, गाँउपालिका र स्थानिय प्रशासनको पहलमा जोखिममा परेकी गर्भवतीको उद्धार गरिएको गाँउपालिका उपाध्यक्ष वीरेन्द्र शाहीले बताए 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.