पूर्व अध्यक्षको निधनले पत्रकार महासंघ मकवानपुरको साधारणसभा स्थगित
हेटौंडा : नेपाल पत्रकार महासंघ मकवानपुरको कार्तिक १९ गतेका लागि तय भएको १७औँ साधारणसभा स्थगित भएको छ।
पूर्व अध्यक्ष एवम् वरिष्ठ पत्रकार कौशल पाण्डेको निधन भएकोमा महासंघ मकवानपुर कार्यसमितिले बुधबार शोक व्यक्त गर्दै निर्धारित कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको हो।
पाण्डेको निधनको शोकमा महासंघ मकवानपुरले बुधबार श्रद्धाञ्जली सभा आयोजना गर्नुका साथै बुधबार नै पाण्डेको परिवारलाई भेट गरी समवेदनासमेत प्रकट गरेको छ।
पाँच दशकभन्दा बढी पत्रकारिता क्षेत्रमा बिताएका पाण्डेको ७५ वर्षको उमेरमा गएको कात्तिक १० गते निधन भएको थियो।