स्याङ्जा -२ मा कांग्रेस र एमालेको रोचक भिडन्त : धनराज कि पद्मा ?

स्याङ्जा -२ मा कांग्रेस र एमालेको रोचक भिडन्त : धनराज कि पद्मा ?

स्याङ्जा : स्याङ्जा क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य निर्वाचनलाई महत्वका साथ हेरिएको छ।

यहाँ नेपाली कांग्रेस र नेकपा एमालेबीच निकै प्रतिस्पर्धा हुने देखिएको छ। दुबै 'हेभिवेट' का उम्मेदवार आ-आफ्ना चुनावी एजेण्डा विकाउनमा व्यस्त छन्। 

हुन पनि नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ र नेकपा एमालेका केन्द्रीय सचिव पद्माअर्यालबीचको प्रतिस्पर्धा निकै रोचक हुने भएको छ। 

गुरुङ पहिलो पटक प्रत्यक्ष निर्वाचनमा उठेका हुन्। यसअघि उनी समानुपातिकतर्फका उम्मेदवार थिए।  तर, अर्याल भने अघिल्लो पटकको प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्य र मन्त्री पनि बनिन्।

कांग्रेसका उम्मेदवार गुरुङ्ले स्याङ्जाको लाइफ लाइन सिद्धार्थ राजमार्ग भएको बताएका छन्। उनले सिद्धार्थ राजमार्ग विस्तारसहितको योजना लिएर आफू उम्मेदवार बनेको बताए।

पोखरा—सुनौली जोड्ने सिद्धार्थ राजमार्ग अन्तर्गत झण्डैं ८२ किलोमिटर सडक स्याङ्जा जिल्लामा पर्दछ। साँघुरो र घुमाउरो राजमार्गका कारण यहाँ अपेक्षित बस्ती  एवं उद्योग, कलकारखाना छैनन्। ठूला उद्योग कलकारखाना जिल्लामै छैनन्। 

जसका कारण रोजगारसहित शिक्षालगायतका अन्य सेवाका लागि जिल्लाबासी अन्यत्र सुविधासम्पन्न सहरमा धाउनुपर्ने वाध्यता छ। उनले थपे, ‘अब मुग्लिन- नारायणघाटजस्तो राजमार्ग बनाउनुछ।’ शिक्षाका लागि उर्वर भूमि स्याङ्जा कर्मका लागि बाहिर गएपछि फर्कने बिरलै भेटिन्छन् यहाँ। 

उम्मेदवार गुरुङले पाँच वर्षभित्रमा सिद्धार्थ राजमार्गका दायाँबायाँ रहेका बस्तीलाई सुरक्षित एवं उपयुक्त तरिकाले व्यवस्थापन गरी राजमार्गलाई डबल लेनको बाटो बनाएर देखाउने प्रतिवद्धता समेत जनाए। ‘मैले सिद्धार्थ राजमार्ग विस्तारका लागि राष्ट्रिय योजना आयोगमा कुरा गर्दा उहाँहरुले डबल लेन बनाउन सकिने सल्लाह दिनुभयो।,' उनले भने, ‘अहिले वातावरणीय प्रभाव मूल्यांकनको काम अघि बढिसकेको छ।’

वालिङ र चापाकोट नगरपालिकालाई नमुना सहरको बनाउने बताए। आँधीखोले  सभ्यता र कालीगण्डकीको सभ्यता मिल्दाजुल्दा रहेकाले वालिङ् र चापाकोट नमुना सहर बनाउन सकिनेमा उनले जोड दिए। 
उनका अनुसार, ‘दुवै सहरलाई नमुना सहरको रुपमा रुपान्तरण गर्दै हाम्रा सभ्यतालाई पर्यटनमार्फत अन्तर्राष्ट्रियकरण गर्न सकिनेछ।’  

वालिङमा उच्चतम प्रविधिसहितको सुविधायुक्त अस्पताल, आँधीखोला हाइड्याम लुम्बिनी प्रदेशसँगै सहकार्य गर्दै रानीमहल –आलमदेवी –सेतीवेनी –गह्रौंर हुँदै छाँयाक्षेत्रहुँदै पोखराबाट मुक्तिनाथ पुर्‍याउने धार्मिक पर्यटनको ट्याक सहितका दिर्घकालिन एवं अल्पकालिन योजना सुनाए। 

गुरुङसँगै रहेका प्रदेशसभा १ मा भोजराज अर्याल र २ मा महेश भट्टराईलाई उम्मेदवार बनाएको छ।  

अर्याल र भट्टराई पहिलो पटक प्रदेशसभाको चुनावी उम्मेदवार छन्। अर्याल वालिङ् नगरपालिकाका पूर्वप्रमुख हुन् भने अघिल्लो स्थानीय तह निर्वाचनमा भट्टराई गल्याङ् नगरपालिका ३ का अध्यक्ष हुन्।
यसैगरी, स्याङ्जा क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार पद्मा अर्यालले भीरकोटलाई पर्यटकीय हबको रुपमा विकास गर्ने बताइन्।

भीरकोट ६ र ७ को सिमलचौर, खिलुङ, चिउरीखर्कलगायतका स्थानहरुमा पुगेर मतदाताहरुसँग भेटघाट गर्ने क्रममा उनले सो बताएकी हुन्। उनले भनिन्, ‘भीरकोटमा प्रशस्त संभावना युक्त पर्यटकीय तथा ऐतिहासिक स्थलहरु रहेकाले सम्भावनाहरुको निरन्तर खोजी गरी पर्यटकीय हब बनाउनेछु।’  

यसअघि आफू मन्त्री हुँदा स्वरेकमा प्याराग्लाइडिङ स्थल निर्माण गरी त्यहाँसम्म पुग्नका लागि वालिङदेखि र बयरघारी बाटो पिच गर्नका लागि बजेट विनियोजन गरेपछि केही सडक पीच भएको बताइन्। 

यसैगरी, एमाले सरकारले धेरै काम गरेको भन्दै केहि योजना परमादेशको सरकारले कुल्चिदिएको उनको आरोप छ। मिर्दि भिमाद सडकका लागि छिट्टै काम सुरु गरी राजमार्गको रुपमा विकास गर्ने उनको भनाइ छ।
कार्यक्रममा प्रदेशसभा १ का उम्मेदवार  मोहन रेग्मी र २ का बुद्धिमान श्रेष्ठ सहभागी थिए।

रेग्मी २०७४ सालमा पनि सोही क्षेत्रबाट निर्वाचित उम्मेदवार हुन् भने श्रेष्ठ अघिल्लो पटकको निर्वाचनमा पराजित उम्मेदवार हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.