लघुकथा: घोषणापत्र

लघुकथा: घोषणापत्र

चुनाव नजिकिएसँगै धमाधम राजनीतिक दलहरुले आ-आफ्नो घोषणापत्र सार्वजनिक गर्नथाले । दलका जनवर्गीय संगठन, विभाग र विभिन्न क्षेत्रका विषय विज्ञसँग छलफल गरेर घोषणापत्र तयार गरेको भन्ने सुन्नमा आयो ।  सबै क्षेत्र र पेशा व्यवसायलाई समेट्ने गरी ५ वर्षे योजना घोषणापत्रमार्फत आउनेभयो । 

घोषणापत्रको नारामा राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता, आर्थिक सामाजिक रूपान्तरण र समृद्धि आदि इत्यादी तय गरियो । एकजना देशभक्तले सबै दलहरुको घोषणापत्र थाक लगाएर जतनले घरमा राख्यो । चुनाव भयो । जित्नेले जिते । सरकार
बनाए ।

देशभक्तले खुब चाख दिएर घोषणापत्रले सबै विकास गरिदिन्छ भनेर विश्वास गरि दिनहुँ पढनथाल्यो । खेतीको बेला मल आएन। किन आएन घोषणा पत्रमा पल्टाएर खोज्यो ।

०००
रोजगारीको लागि दिनहुँ युवायुवतीहरु खाडी मुलुक र अन्यत्र मुलुकतिर किन जान बाध्य भए भनेर पत्तालगाउन घोषणापत्र
पल्टाएर खोज्यो ।

बिरामी हुँदा सिटामोल पनि किन किन्न पाइएन भनेर घोषणपत्रको पन्ना धुँइधुँइ पल्टाइरह्यो । घोषणपत्र पढ्दा पढ्दै देशभक्तलाई देशको माया लाग्यो र उसको घोषणापत्र प्रतिको विश्वास र उसले गरेका आशाहरु अब के हुन्छन भन्ने उसलाई चिन्ता लाग्नथाल्यो । 
घोषणापत्र पढ्दापढ्दै उसका आँखाहरु रसाएर आए । 

- राकेश कार्की
हाल
लस एन्जेलस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.