उम्मेदवारका उही प्रतिबद्धता, निराश मतदाता

उम्मेदवारका उही प्रतिबद्धता, निराश मतदाता

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका १८ फुलबारीका हंशबहादुर तिरुवा खेतमा काम गरिरहेका थिए। अहिले किसानले धान भिœयाउने र गहुँ छर्न खेतमा खनजोत गर्ने समय हो। तर, काम गरिरहे कै समय घरबाट बोलाए। ‘घरमा चुनाव प्रचारका लागि नेताहरू आइपुगेका रहेछन्,’ घरबाट बोलाए, आउनै पर्‍यो’, तिरुवाले भने, ‘दिनदिनै भोट माग्ने आउनेहरूले हैरान पारेका छन्।’

तिरुवाको घरमा गठबन्धनका उम्मेदवारको टोली पुगेर फर्किएको मात्र के थियो। एकैछिनमा नेकपा एमालेको टोली भोट माग्दै पुग्यो। एउटा टोलीको कुरा सुनेर खेततिर गएका तिरुवालाई घरबाट फेरि खबर आयो। ‘फेरि को आएछ भन्दै घर आए, अर्को पार्टीका उमेदवार रहेछन्। उनको पनि कुरा सुने र खेतमा गएँ’, तिरुवाले भने।

धनगढी १८ फूलबारीकै अमर पौडेलले पनि तिरुवाको जस्तै गुनासो गरे। ‘धान काटेर भिœयाउने चटारो छ, ट्र्याक्टर लगाएर खेत जोत्नु परिरहेको छ। अब गहुँ छर्ने समय पनि भइसक्यो। तर, दिनभरी उमेदवारहरू घरमा आएर हैरान पार्ने गर्छन्’, पौडेलले भने।

उनले आएका नेताहरूलाई डिजेल र मल उपलब्ध कहिले हुन्छ रु भनेर सोधेको बताए। ‘बजारमा डिजेल सितिमिति पाउँदैन। पाईयो भने पनि भाउ बढेर लिटरको १८० भएको छ। मैले त उम्ेदवारहरूलाई मल कहिले आउँछ रु भनेर सोधे। हामीले मत त दिने, तपाईंहरूले हामीलाई के दिने भनेर सोधे रु पोरसाल यो बाटो पक्की बनाउँछु भनेको होइन रु खै त बनाएको भनेर सोधे रु गाउँमा बिजुली थिएन। पोरसालको चुनावमा लगत्तै आइहाल्छ भनेको होइन रु खै त आएको भनेर सोधें’, पौडेलले भने।

प्रदेशको राजधानी भएको उपमहानगर भएपछि धनगढीका १४ देखि १९ सम्मको विकास खासै भएको छैन। धनगढी नगरपालिका हुँदा मिलाइएका फूलबारी र उर्मा गाविस भएको क्षेत्र अहिले पनि अविकसित छन्। कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा धनगढी उपमहानगर पूरै र अहिलेको कैलारी गाउँपालिकाका २ वडा ९वडा नम्बर ६ र ९० पनि पर्छन्।

हरेक पाँच वर्षमा हुने चुनावमा नेताहरू घरमा आएर बाचाकसम गर्ने तर त्यसपछि अर्को चुनावमा मात्र भोट माग्न आउने प्रवृत्ति देखेर मतदातामा निरासा छाएको छ। ‘हाम्रो गाउँमा बाटो पक्की बनाइदिने भनेका थिए, खोलामा तटबन्ध बनाइदिने भनेका थिए। घर÷घरमा रोजगारी दिन्छौं भनेका थिए। मल, बीउ र इन्धनको कहिल्यै अभाव हुँदैन भनेका थिए, तर यसपालि मल बीना रोपाइँ गरियो’, धनगढी वडा नम्बर १९ का बलराम चौधरीले भने। फूलबारी र उर्मा गाउँ बाढीबाट बढी ग्रस्त स्थान हो। त्यहाँ हरेक बर्खामा मोहना नदी, शिवगंगा नदिले कटान र डुबान गर्छ। ‘हरेक पटक जिताएका नेताले यो समस्या समाधान हुन्छ भनेका थिए, तर जितेपछि फर्केर आउँदैनन, अब त भोट पनि नदिऊ कि जस्तो लाग्छ’, चौधरीले गुनासो गरे।

धनगढी उपमहानगरपालिका १० का राकेश रानालाई पनि नेताहरूको प्रवृत्ति चित्त बुझेको छैन। ‘जसरी भोट माग्ने बेला समस्या के छन रु भनेर नेताहरू घरदैलोमा आउँछन्, त्यसैगरी विपत परेका बेला आउनुपर्‍यो, विपत परेका बेला जनता मरे पनि चासो हँुदैन, अहिले चुनावका बेला दिनमा दुई-दुई पटक समस्या सोध्न आउछन्, अब विश्वास लाग्न छोडिसक्यो’, उनले भने। कैलाली निर्वाचन क्षेत्र नम्बर ५ एक पटक प्रधानमन्त्री शेरबहादुर देउवाले जितेको ठाउँ हो। तर, अधिकांश योजना अधुरै छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.