आमनिर्वाचन : स्याङ्जा प्रदेशसभा १ मा महिला उम्मेदवारबीच टक्कर

आमनिर्वाचन : स्याङ्जा प्रदेशसभा १ मा महिला उम्मेदवारबीच टक्कर

स्याङ्जा : आसन्न निर्वाचनमा महिला उम्मेदवार न्यून रहेका बेला स्याङ्जाको एक प्रदेशसभा निर्वाचनमा महिला/महिलाबीच प्रतिस्पर्धा हुने भएको छ।

स्याङ्जा क्षेत्र नं. १ को प्रदेशसभा १ मा लोकतान्त्रिक बामगठबन्धनका साझा उम्मेदवार अमृता थापा मगर र नेकपा एमालेका उम्मेदवार सीता सुन्दासबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो। 

नेकपा माओवादी केन्द्रका केन्द्रीय स्थायी समिति सदस्य एवं अखिल नेपाल महिला संगठन क्रान्तिकारीका केन्द्रीय अध्यक्ष समेत रहेकी थापा यसअघि २ पटक समानुपातिकतर्फका संसद भइसकेका छन्। 

नेपालको भूगोल र सामाजिक अवस्थाका बारेमा राम्रो ज्ञान बटुलेका थापासँग सांसद राम्रो अनुभव छ। शिक्षित र बौद्धिक क्षमता भएका उनको सरल जीवन शैली र गाउँले परिवेशमा समेत सजिलै घुलमिल हुन सक्ने क्षमता छ।  
संविधानसभा सांसद उनको जन्म स्याङ्जाको विरुवा गाउँपालिकामा भएको हो।

शिक्षित परिवारमा जन्मेकी उनी तत्कालिन विद्रोहीपक्ष माओवादीको राजनीतिक आन्दोलनमा भूमिगत बेलादेखि नै क्रियाशिल हुन्। दिल्लीमा भएको १२ बुँदे सम्झौताको समयमा गिरीजाप्रसाद कोइरालालगायत तत्कालिन विद्रोही पक्ष माओवादीबीच भेटघाटको प्रवन्ध मिलाउने जिम्मेवारी समेत उनले पाएकी थिइन्। 

यसैगरी, पुतलीबजार नगरपालिका ७ ठूलाडिही घर भइ हाल सदरमुकाममा बस्दै आएका सुन्दास झण्डै ४० को दशकदेखि अनेरास्वीयू पाचौँमा सहभागी भई राजनीति सुरु गरेकी हुन्। 

नेपाल उत्पीदित जातीय मुक्ति समाजमा जिल्लादेखि केन्द्रीय कमिटीमा रही, क्षेत्र, जिल्ला प्रदेश, केन्द्रीय वैकल्पिक सदस्य, केन्द्रीय सदस्य हुँदै जिल्ला इन्चार्ज,  स्थानीय शान्ति समितिको संयोजक र जिल्ला समन्वय समिति स्याङ्जाको प्रमुखसहित महासंघको अध्यक्ष समेतको अनुभव छ। 

लामो समयसम्म शिक्षण अनुभव भएका सुन्दासको सरल, नम्र र मिजासिलो स्वाभाव छ। स्थानीय निर्वाचनको मत हेर्दा स्याङ्जा क्षेत्र १ को (१) मा लोकतान्त्रिक बामगठबन्धनका साझा उम्मेदवारलाई सहज देखिन्छ। 
यद्यपी, सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादीकी अमृत थापा र एमालेकी उम्मेदवार सीता सुन्दास दुबैले निर्वाचन जित्ने दाबी गर्दै चुनावी प्रचार प्रसारका जुटेका छन्। 

वि.स. २०७४ सालको प्रदेशसभा निर्वाचनमा बाम गठबन्धनतर्फका माओवादी केन्द्रका दीपक थापा मगरले १७ हजार ३९२ मत ल्याई विजयी भएका थिए। त्यतिबेला एमालेसहित माओवादीको गठबन्धन थियो भने उनका प्रतिस्पर्धी  नेपाली कांग्रेसका कमलप्रसाद पंगेनी एक्लैले १४ हजार ६६६ मत पाएका थिए। 

स्याङ्जा क्षेत्र नम्बर १ (१) मा ५४ मतदानस्थल र ८५ मतदान केन्द्र तोएिका छन्। पुतलीबजार नगरपालिका १,२,७,८,९,१०,११, १२, भीरकोट नगरपालिकका १,२,३,४, वालिङ् नगरपालिकाका ३,४, विरुवा गाउँपालिका, हरिनास गाउँपालिकाका ६२ हजार ५ सय ५७ मतदाता छन्। 

जिल्लाका २ संघ र ४ प्रदेशसभा अन्र्तगत यो क्षेत्रमा नेकपा माओवादीतर्फका उम्मेदवार थापाले टिकट पाएका हुन्। यस क्षेत्रमा थापा, सुन्दासलगायत ७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। 

स्वतन्त्र उम्मेदवार दुर्गादत्त भुषालसहित राष्ट्रिय जनमुक्ति पार्टीका भुवनसिंह थापा, मंगोल नेशनल अर्गनाइजेशनका तिरथ गुरुङ, हाम्रो नेपाली पार्टीका मकबुल मिया, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुर्यलाल श्रेष्ठ भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.