काठमाडौं-३ मा कांग्रेसका चालिसेलाई गठबन्धन चुनौती, विरासत जोगाउन संघर्ष गर्दै एमालेका राई

काठमाडौं-३ मा कांग्रेसका चालिसेलाई गठबन्धन चुनौती, विरासत जोगाउन संघर्ष गर्दै एमालेका राई

काठमाडौं- काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा यो पटक सत्ता गठबन्धन र एमाले नै मुख्य प्रतिस्पर्धी हुने देखिएको छ । 

एमालेका कृष्णबहादुर राई र कांग्रेसका सन्तोष चालिसे यस क्षेत्रमा बढी चर्चामा रहेका उम्मेदवार हुन् । यो निर्वाचन क्षेत्रमा माओवादी केन्द्रका बद्रीप्रसाद बजगाइँको पनि उम्मेदवारी परेको छ । यद्यपी गठबन्धनमा कांग्रेसको उम्मेदवार बनाउने सहमति विपरीत माओवादीका बजगाइँको उम्मेदवारी परेपछि माओवादीले प्रतिनिधि सभा सदस्यमा आफ्ना उम्मेदवार उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको छ। बजगाइँले आफ्नो उम्मेदवारीका विषयमा कुनै औपचारिक जानकारी गराएका छैनन् । यसले गठबन्धन भित्रको खटपटलाई देखाउँछ । 

बजगाइँसँगै काठमाडौं-३ मा २२ जनाको उम्मेदवारी छ । ८ जना स्वतन्त्र उम्मेदवार छन् ।

एमालेका राई, कांग्रेसका सन्तोष चालिसे, माओवादी केन्द्रका बजगाइँ, जसपाका मोहनकुमार विश्वकर्मा, लोसपाका मोहनबहादुर बस्नेत, राप्रपाका गणेश गिरीलगायत दलगत उम्मेदवार छन् । माओवादीसहितको गठबन्धन भएपनि बजगाइँले व्यक्तिगत उम्मेदवारी दिँदा गठबन्धनको आधिकारीक उम्मेदवार चालिसे भन्दै गठबन्धनले विज्ञप्तिनै निकालेको थियो । 

एमाले, जसपा, राप्रपाबिच तालमेल भएको भनिए पनि यो निर्वाचन क्षेत्रमा तीनै दलले छुट्टा छुट्टै उम्मेदवारी दिएका छन् ।
 
२०७४ सालको निर्वाचनमा एमालेका राई १९ हजार १६९ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका अम्बिका बस्नेतले १४ हजार ८८४ मत ल्याएकी थिइन् । तेस्रो दल विवेकशील साझा बनेको थियो । 

२०४८ देखि नै यो क्षेत्र बामपन्थीको पकट क्षेत्र मानिए पनि उम्मेदवारको बलियो उपस्थति नहुँदा बामपन्थी नेता ओझेल परे । 

२०७० मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा एमालेका उम्मेदवार रामेश्वर फुयाल निर्वाचित भएका थिए । २०७४ सालको निर्वाचनमा फुयाल प्रदेशमा ओर्लिए । एमालेले प्रतिनिधिसभामा कृष्ण राईलाई उठायो । राईले चुनाव जिते । अहिले पनि एमालेले उनैलाई पत्याएर टिकट दिएको छ । 

एमाले पोलिटव्यूरो सदस्यसमेत रहेका राई यो क्षेत्रका लोकप्रिय मानिन्छन् । राईले काठमाडौं पार्टीको नेतृत्व सम्हालिसकेका छन् । उनले दोस्रो पटक पनि जित्ने दावीसहित उम्मेदवारमाझ प्रचारमा होमिएका छन् ।
 
यस्तै कांग्रेसका चालिसे गोकर्णेश्वर नगरपालीकाका पूर्व मेयर हुन् । कांग्रेस उम्मेदवार चालिसे पार्टीका क्षेत्रीय सभापति समेत हुन् । चालिसे आफू मेयर रहँदा विकास निर्माण कार्य गरेको र जनपक्षिय काम गरेकाले पनि आफ्नो जित निश्चित भएको दावी छ । 

चालिसेले चुनावी प्रचारप्रसारका क्रममा आफ्नो मूल एजेण्डा सुकुम्बासी समस्या हल गर्ने, सुन्दरीजलबाट माथि ठूलो गाउँमा आवतजावतमा धेरै पैसा तिर्नुपर्ने बाध्यताको अन्त्य गर्ने र बेरोजगारी समस्या हल गर्ने रहेको बताउँदै आएका छन् । 

यस्तो छ तथ्याकं
काठमाडौं क्षेत्र नम्बर ३ मा ५८ हजार ८८९ मतदाता छन् । २०७४ सालको निर्वाचनमा ५३ हजार ८२४ मतदाता रहेको यो क्षेत्रमा अहिले ५ हजार ६५ मतदाता थपिएका छन् ।

यो निर्वाचन क्षेत्रमा काठमाडौं महानगरको वडा नम्बर ५ र ६ पर्छन् । ५ नम्बर वडा हाडींगाउँ र ६ वौद्ध क्षेत्र हो । यस्तै, गोकर्णेश्वर नगरपालिकाको १ देखि ९ नम्बर वडा पर्छ । कागेश्वरी मनोहरा नगरपालिकाकाको १, २ र ३ नम्बर वडा यही निर्वाचन क्षेत्रमा पर्छ ।
 
गत स्थानीय तहको निर्वाचनमा काठमाडौं ५ को वडाध्यक्षमा एमाले ६ को वडाध्यक्षमा कांग्रेस विजयी भएको थियो । गोकर्णेश्वर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएको थियो ।

गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर १,२, ३ को वडाध्यक्षमा एमाले, ४ मा स्वतन्त्र, ५ मा कांग्रेस, ६, ७ मा एमाले, ८ र ९ मा कांग्रेस विजयी भएको थियो ।

कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएको थियो । कागेश्वरी मनोहरा नगरपालिकाको ४ मा एमाले, ५ मा कांग्रेस, ६ मा नेकपा एकीकृत समाजवादी, ७, ८ र ९ को वडाध्यक्षमा कांग्रेस विजयी भएको थियो । 

२०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मत परिणामलाई नियाल्दा यो निर्वाचन क्षेत्रको पहिलो दल कांग्रेस देखिन्छ । कांग्रेसले १६ हजार ६६० मत ल्याएको छ भने दोस्रो दल एमालेले १५ हजार ७६५ मत प्राप्त गरेको थियो । 

यस्तै, माओवादी केन्द्रले १ हजार ७३०, राप्रपाले १ हजार ५२६, नेकपा एकीकृत समाजवादीले एक हजार ५६ मत ल्याएको थियो । 

कांग्रेस र नेकपा एकीकृत समाजवादीको जोड्दा १७ हजार ७०७ मत हुन आउँछ । माओवादी केन्द्रको केही मत कांग्रेसका चालिसेलाई जाने स्थानीयको आँकलन छ । स्वतन्त्र उम्मेदवारको चुनावी प्रचार तीव्र रहेकाले मत बाडिँदा कसको मत कति भन्ने अन्यौल नै रहेको विश्लेषण हुने गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.