आचारसंहिता उल्लङ्घन गरेकाले काठमाडौं १६ का वडाध्यक्षलाई जरिवाना
काठमाडौं : निर्वाचन आयोगले काठमाडौं महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकाले पाँच हजार जरिवाना गरेको छ।
वडाअध्यक्ष रिजालले आचारसंहिताविपरीत काठमाडौं क्षेत्र नं ६ मा नेपाली कांग्रेसको प्रचारप्रसारमा स्वयं संलग्न भएको पुष्टि भएपछि आयोगले जरिवाना गराउने निर्णय गरेको हो।
प्रतिक्रिया दिनुहोस !