बलात्कारको आरोप लागेका विश्वका चर्चित खेलाडीहरु

बलात्कारको आरोप लागेका विश्वका चर्चित खेलाडीहरु

काठमाडौं : नेपाली खेल जगतले पाएका सबैभन्दा ठूला स्टार हुन्, क्रिकेटर सन्दीप लामिछाने । अहिले तीनै ग्लोबल स्टारमाथि नाबालिग बलात्कारको आरोप लागेर अनुसन्धान भइरहेको छ । शुक्रबार सम्पन्न थुनछेक बहसपछि राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न केन्द्रीय कारागार पठाइएको छ । मुद्दाको किनारा नलागेसम्म सन्दीप कारागारमै रहनेछन्।

भलै नेपालको सन्दर्भमा खेल क्षेत्रबाट यौन दुर्व्यवहारको विषयमा बाहिरिएको यो पहिलो घटना हो । नेपालमा फाट्ट–फुट्ट यौन दुर्व्यवहारको चर्चा, किस्सा बाहिरिने गरे पनि आरोपितलाई कठघरामा उभ्याउने यो पहिलो घटना नै हो । तर, विश्व खेल जगतमा बलात्कार तथा यौन दुव्र्यवहारका घटना समय–समयमा आइरहन्छन् ।

सुपर–स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोदेखि बक्सर माइक टाइसन, बास्केटबलका स्टार कोबे ब्रायन्ट, हक्कीका बेन जोन्सोनसम्मलाई बलात्कारको आरोप लागेको थियो । यीमध्ये धेरै आरोप सावित भएनन् । तर, केही मुद्दाले भने करिअरको उत्कर्षमा रहेका खेलाडीलाई कारागारमा खाँदेको थियो । बलात्कारको आरोप लागेका पाँच स्पोर्ट्स स्टारहरु:

क्रिस्टियानो रोनाल्डो

सन् २०१७ को अप्रिलमा रोनाल्डोमाथि बलात्कारको आरोप लागेको थियो। जर्मन जर्नल डेर स्पाइगेलले क्याथरिन मायोर्गाले रोनाल्डोमाथि लगाएको बलात्कारको आरोप र उनीहरुबीच अदालतभन्दा बाहिर भएको सम्झौता पत्र प्रकाशित गरेको थियो । त्यसबेला सार्वजनिक भएको सम्झौता पत्रमा ३ लाख ७५ हजार डलर लिएर मायोर्गाले त्यो आरोप बाहिर नलिने शर्तमा हस्ताक्षर गरेकी थिइन् ।

तर, मायोर्गाले २०१८ मा चलेको ‘मि टू’ मुभमेन्टताका त्यो घटना बाहिर ल्याउने निर्णय गरेकी थिइन् । उनले सन् २००९ को जुन १३ मा लस भेगासको प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । त्योभन्दा अघिल्लो रात रोनाल्डोले आफूलाई एक नाइट क्लबमा भेटेर बलात्कार गरेको उनले बताएकी थिइन् । जहाँ रोनाल्डो देखिएका थिए ।

म्यासन ग्रिनउड

सामाजिक सञ्जालमा एक महिलाले पोस्ट गरेको भिडियो र तस्बिरहरुको आधारमा म्यानचेस्टर पुलिसले ग्रिनउडलाई पक्राउ गरेको थियो । ग्रिनउडकी प्रेमिकासमेत रहेकी ती महिलाले आफूलाई यौन दुव्र्यवहार, बलात्कार गरेको र त्यसको प्रतिवाद गर्दा कुटेको बताउँदै भिडियोसहित निलडाम र रगत बगिरहेका तस्बिर सार्वजनिक गरेकी थिइन् ।

सन् २०२२ को जनवरी ३० मा पक्राउ परेका म्यानेस्टर युनाइटेडका फरवार्ड केही समयपछि जमानतमा रिहा भएका थिए । जमानतमा रिहा हुँदा राखिएका शर्त उल्लंघन भएपछि फेरि पक्राउ परेका ग्रिनउड गत महिना फेरि छुटेका छन् । यद्यपि, उनीमाथि अनुसन्धान जारी छ ।

नेइमार

बलात्कारको आरोपमा ब्राजिलियन फुटबलर नेइमार पनि अछुतो रहन सकेनन्। सन् २०१९मा नेइमारमाथि नाजिला ट्रिनिडाड नाम गरेकी मोडलले बलात्कार र हिंसाको आरोप लगाएकी थिइन् ।

सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गरेर आफूमाथि बलात्कार भएको दाबी गरेकी ती महिलाले अन्ततः आफूले नेइमारलाई ब्ल्याकमेल गर्न त्यसो गरेको स्वीकार गरेकी थिइन् ।

माइक टाइसन

चर्चित बक्सर माइक टाइसनले बलात्कारको आरोप प्रमाणित भएर तीन वर्ष कारागारमा विताएका थिए । सन् १९९१ मा डेजिरी वासिङ्टन नाम गरेकी एक मोडेलले उनीमाथि बलात्कारको आरोप लगाएकी थिइन् ।

इन्डियानामा भएको फैसलाले उनलाई दोषी सावित गर्दै तीन वर्ष कैदको सजाय सुनाएको थियो ।

कोबे ब्रायन्ट

बास्केटबलका सुपर–स्टार कोबेमाथि सन् २००३ मा बलात्कार र यौन दुव्र्यवहारको आरोप लागेको थियो । कोलोराडो होटलकी एक १९ वर्षीया कामदार महिलालाई बलात्कार गरेको मुद्दा दर्ता भएको थियो । करिब एक वर्षसम्म चलेर पीडितले अदालतमा हाजिर हुन अस्वीकार गरेपछि मुद्दा खारेज भएको थियो ।

यस्तै विश्व फुटबलकै महान्मध्ये एक डिएगो म्याराडोनाको जीवन काण्डै–काण्डले भरिएको थियो । तर, तीमध्ये सबैभन्दा विवादास्पद काण्ड उनीमाथि लागेको यौन दुव्र्यवहारको आरोप थियो । नेक्सोफिन नामक एक वेबसाइटले म्याराडोनामाथि त्यो आरोप लगाउँदै म्याराडोना कट्टु मात्रै लगाएर दुई अर्धनग्न एकदमै कम उमेरका केटीसँग भएको तस्वीर सार्वजनिक गरेको थियो ।

तर, उनीमाथि बलात्कारको औपचारिक आरोप वा उजुरी परेन । तर, मायस अल्भारेज नाम गरेकी एक महिलाले आफू १६ वर्षकी हुँदा म्याराडोनासँग शारीरिक सम्बन्ध भएको दाबी गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.