एकै कार्यकालका पाटी सचिव चुनावी प्रतिस्पर्धी

एकै कार्यकालका पाटी सचिव चुनावी प्रतिस्पर्धी

स्याङ्जा: स्याङ्जामा निर्वाचनको प्रतिस्पर्धी दल नेपाली कांग्रेस र नेकपा एमाले हो। यहाँ विभिन्न राजनीतिक दलका उम्मेदवार भए पनि यहाँको प्रतिस्पर्धा भनेको बिगतदेखि कांग्रेस र एमालेबीच नै हुदै आएको छ। 

यसपटक पनि चुनावी मैदानमा यी नै दल छन्। कांग्रेस, माओवादी र एकीकृत समाजवादी सम्मिलित लोकतान्त्रिक बामगठबन्धन र नेकपा एमाले घोषित रुपमा चुनावी मैदानमा उत्रिएका छन्। 

मंसिर ४ मा हुने निर्वाचनमा स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्र्तगत प्रदेशसभा २ मा नेपाली कांग्रेसका पूर्वसचिव र नेकपा एमालेका पूर्व सचिवबीच चुनावी प्रतिस्पर्धा छ।

संस्थामा सचिव पद महत्वपूर्ण मानिन्छ। कुनै समयमा राना र पौडेल कांग्रेस र नेकपा एमालेका जिल्ला सचिव थिए। एउटै कार्यकालमा सचिव हुने मौका पाएका उनीहरु जिल्ला स्तरीय कार्यक्रम वा आवश्यक निर्णयमा उनीहरु सँगसँगै हुन्थे ।

तर, अहिले कांग्रेस पाटीका पूर्वसचिव राना र एमालेका पूर्वसचिव पौडेलबीच प्रदेशसभा सदस्यको चुनावी प्रतिस्पर्धा छ।  राना  कांग्रेसका निवर्तमान् कार्यवाहक सभापति पनि हुन्।

कांग्रेस र एमालेको सांगठनिक संरचनालगायत जिल्लाभरको आ आफ्ना दलीय अवस्थाका बारेमा जानकार दुवै जना एउटै प्रदेशसभाका उम्मेदवार बनेका छन्।

कांग्रेसतर्फका उम्मेदवार राना पहिलो पटक चुनावमा भिड्दै छन् भने एमालेतर्फका पौडेल आँधीखोला गाउँपालिकाका पूर्वअध्यक्ष हुन्। 

बौद्धिक तथा तार्किक शैलीमा प्रस्तुत हुने रानाले ५ हजार युवालाई रोजगार दिने लक्ष्य सहितका बहुउदेश्यीय योजनालाई चुनावी एजेण्डा बनाएका छन्। फेदिखोला गाउँपालिकालाई मिनी सिटीको रुपमा अघि बढाउने, आँधीखोला करिडोरसहित ओभरहेड ब्रीज, रंगशाला, अर्जुनचौपारीलाई पर्यटकीय हब, पुतलीबजारलाई अन्य शहरसँग जोड्नेगरी उद्योग, व्यवसाय प्रवद्र्धन र सीप तथा आयमूलक कार्ययोजना बनाएको जनाए। 

उनले भने, ‘स्वास्थ्य, शिक्षा, सडक, खानेपानी, पर्यटन र कृषि लगायतका क्षेत्रहरु प्राथमिकतामा छन्।’ 

यसैगरी, पालिका सञ्चालनको ५ वर्षे अनुभव सँगालेका पौडेलले तीन पुस्तालाई गाउँमै अड्याउने वातावरण सिर्जना गर्ने लगायतका योजनालाई चुनावी एजेण्डा बनाएका छन्। विदेश गएका युवालाई गाउँमै फर्काउने र स्वरोजगार सृजना गर्ने  योजना उनले बताए। 

उनले भने, ‘गाउँपालिकाको अध्यक्ष भई काम गरेका अनुभवको उपयोग गर्दै बाँकी रहेका अधुरा काम पुरा गर्नेछु।’

राना पुतलीबजार नगरपालिका ४ का बासिन्दा हुन भने पौडेल आँधीखोला गाउँपालिका २ का। दुबै विद्यार्थी कालदेखि नै राजनीतिमा क्रियाशील छन्। 

यस प्रदेशमा पुतलीबजार ३, ४, ५, ६, १३ र १४ वडा सहित फेदीखोला गाउँपालिका, आधीखोला गाउँपालिका, अर्जुनचौपारी गाउँपालिका पर्छ। यहाँ ५४ मतदानस्थल र ८५ मतदान केन्द्र निर्धारण गरिएको छ।

यहाँ ६४ हजार ८५४ मतदाता छन्। तीमध्ये ३२ हजार १२१ पुरुष, ३२ हजार ७३२ महिला र १ अन्य हुन। 

वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको मत हेर्दा यस प्रदेशसभामा नेपाली कांग्रेससहित लोकतान्त्रिक बामगठबन्धनको मत बढी देखिन्छ। तर, दुवै जनाले भने आ-आफुले निर्वाचन जित्ने दावी गर्दै चुनावी प्रचार प्रसारमा हिँडेका छन्। 

यस प्रदेशमा २०७४ सालको प्रदेशसभा निर्वाचनमा नेकपा एमालेका मिनप्रसाद गुरुङले २० हजार २४८ मत पाई विजयी भएका थिए भने उनका प्रतिस्प्रधी नेपाली कांग्रेसका उम्मेदवार तुलसी गिरीले १४ हजार ५ सय १० मत पाएका थिए।
 
गुरुङ बामगठबन्धनका साझा उम्मेदवार थिए भने गिरी कांग्रेसका उम्मेदवार थिए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.