हिउँ पन्छ्याउँदै मतदान केन्द्र निरीक्षण

हिउँ पन्छ्याउँदै मतदान केन्द्र निरीक्षण

जोमसोम : मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मुस्ताङमा मतदान केन्द्र धमाधम निरीक्षण भइरहेको छ। 

आइतबार मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा सहितको सुरक्षाकर्मी लगायतको टोलीले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-५ पर्ने शान्ता गाउँको मतदान स्थलको निरीक्षण गरेका छन्।

मुस्ताङ र डोल्पाको सीमावर्ती क्षेत्र शान्ता गाउँमा पर्ने हिमाली आधारभूत विद्यालय मतदान केन्द्रको प्रजिअ शर्मासहित मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुली ,नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली प्रहरी लगायतको टोलीले संयुक्त निरीक्षण गरेका हुन्। 

मुस्ताङका ३९ मतदान केन्द्रमध्ये यो सबैभन्दा विकट र दुर्गम स्थानमा पर्छ। आइतबार मुस्ताङका प्रजिअ शर्मासहितको टोलीले शान्ता जोड्ने सडकको हिउँ पन्छ्याउँदै मतदान कैन्द्रको निरीक्षण गरेका हुन्। 

दसैं अघिको प्रतिकुल मौसम र उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढेसँगै मुस्ताङ डोल्पा जोड्ने निर्माणधीन कच्ची सडकमा दुई फिट हिउँको थियो। 

वारागुङ मुक्तिक्षेत्र-५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले सडकको हिउँ पन्छ्याउँदै प्रजिअसहितको टोली मतदान केन्द्र निरीक्षण गर्न आएको जानकारी दिए। उच्चस्थानबाट सडक मार्ग विस्तार भएकाले मुस्ताङ-डोल्पा सडकमा बरफ जम्न सुरु भइसकेको वडाध्यक्ष गुरुङले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.