सन्धिखर्कबाट दिल्लीसम्म सिधा बस सेवा सुरु
![सन्धिखर्कबाट दिल्लीसम्म सिधा बस सेवा सुरु](https://annapurnapost.prixacdn.net/media/albums/bus-dilli-sandhikhark_20221107113904_qz0Z3jxm4I.jpg)
सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्कबाट भारतको नयाँ दिल्लीसम्म सुविधा सम्पन्न नेपाल भारत मैत्री एसी बस सञ्चालनमा आएको छ।
सन्धिखर्कबाट नयाँ दिल्लीसम्म बस सेवा सञ्चालन भएपछि रोजगारी तथा अन्य कामको लागि भारत जाने यात्रुहरु खुशी भएका छन् ।
दिल्ली जाँदा कृष्ण नगर गएर अन्य गाडीहरु खोज्नु पर्ने झन्झटको अन्त्य हुनुका साथै नगद तथा सामग्री जोगाउन नसकिने समस्याबाट मुक्त भएको र सुविधा सम्पन्न एसी बसमा यात्रा गर्न पाउँदा आफूहरु खुशी भएको यात्रुहरुको बताएका छन्।
पश्चिम नेपाल बस व्यवसायी प्रालिले सञ्चालन गरेको बस सेवाको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले उद्घाटन गरे । बस सेवाको सञ्चालन गर्दै प्रमुख श्रेष्ठले जिल्लाबाट दिल्लीमा पुग्ने यात्रुहरूका लागि सहजता भएको बताए ।
सन्धिखर्क, गोरुसिंगे, नेपालगञ्ज, लख्खिनपुरहुँदै दिल्ली बस पुग्नेछ । सन्धिखर्कबाट झण्डैं ९ सय मिलो मिटरको दुरीमा दिल्ली छ । बसमा ३६ सिट, २ चालक, २ परिचालक रहने बसको भाडादर ३ हजार २ सय नेपाली रहेको छ । तत्कालका लागि हप्ताको ३ दिन सञ्चालन हुने बस यात्रुको मागअनुसार थप्न सकिने पश्चिम नेपाल बस व्यवसायी प्रालि अर्घाखाँची शाखा प्रमुख कमलप्रसाद भट्टराईले बताए ।
सोमबार, बुधबार र शुक्रबार सन्धिखर्कबाट ११ बजे दिल्ली र बुधबार, शुक्रबार र आइतबार दिल्लीबाट ८ बजे सन्धिखर्कका लागि छुट्ने छ । काठमाडौंमा एसी बस सञ्चालन गर्दै आएको यातायात व्यवसायीले मोटरबाटाको सहजतासँगै यातायात सेवा थप गरेको पश्चिम नेपाल बस व्यवसायी प्रालीका रुट सल्लाहकार भानुभक्त भुसालले बताए ।
बस सेवा सञ्चालनको उद्धटन समारोहमा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, उपभोक्ता हिस संरक्षण मञ्चकका अध्यक्ष सहयोगी विसी, पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य,, उद्योग वाणिज्य संघका उपाध्यक्ष काजी श्रेष्ठ, चेम्बर अफ कमर्सका अध्यक्ष अशोककुमार श्रेष्ठले मन्तव्य राख्दै बस सेवा सञ्चालनले यात्रुलाई सुविधा पुगेको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)