माइराम पोखरीको जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाइने
वीरगन्ज: वीरगन्ज महानगरपालिकाले आदर्शनगरस्थित माइराम पोखरीको जग्गा अतिक्रमण गरेर बनाइएका भौतिक संरचना हटाउने भएको छ ।
महानगरले माइराम पोखरीको जग्गा भएको स्थानमा भएका संरचनाको निस्सा पेश गर्न सम्बन्धित व्यत्तिलाई पत्र काटेको छ ।
दिएको समय अवधीमा एक जनाबाहेक कसैले पनि निस्सा पेश नगरेपछि महानगरको टोलीले आइतबार सम्बन्धित व्यक्तिकै घरघरमा पुगेर २४ घण्टा भित्र निस्सा बुझाउन निर्देशन दिएको छ ।
महानगरको टोलीले अबको २४ घण्टाभित्र निस्सा नबुझाए पोखरीले ओगटेका जग्गामा बनेका संरचना महानगरले भत्काउने भन्दै तत्काल निस्सा बुझाउन नभए संरचना भत्काएर आफ्ना सामान सुरक्षित ठाउँमा राख्न आग्रह गरेको छ ।
महानगरले पठाएको पत्र अटेर गर्दै निस्सा नबुझाएकाहरुलाई नगर प्रहरी र नक्सा शाखाका कर्मचारीसहितको टोलीले आइतबार घरघरमै पुगेर सम्झाउने काम गरेको र सोमबारदेखि संरचना भत्काउने महानगरका मेयर राजेशमान सिंहले बताए ।
प्रतिक्रिया दिनुहोस !