बझाङमा ढुंगा लागेर घाइते भएकी महिलाको हेलिकोप्टरबाट उद्दार

बझाङमा ढुंगा लागेर घाइते भएकी महिलाको हेलिकोप्टरबाट उद्दार

बझाङ : भीरबाट खसेको ढुंगा लागेर घाइते भएकी महिलाको हेलिकोप्टरबाट उद्दार गरिएको छ । 

जिल्लाको साइपाल गाउँपालिका -३ की वडा सदस्यसमेत रहेकी डिकी गुरुङलाई बझाङमा उपचार सम्भव नभएपछि सोमबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको हो ।

२८ वर्षीया गुरुङ आइतबार साँझ घर नजिकैको जालिकाँडा भन्ने जंगलमा दाउरा काट्ने क्रममा माथिबाट ढुंगा खस्दा गम्भीर घाइते भएको साइपाल गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले जानकारी दिइन्।

गुरुङको टाउकोमा गहिरो चोट लागेको र अवस्था गम्भीर भएकाले हेलिकप्टरमार्फत नेपालगञ्ज रेफर गरिएको हो। उद्दार खर्च ५ लाख बराबरको रकम गाउँपालिकाले व्यहोर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.