पिकअप गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु

पिकअप गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु

झापा : झापामा पिकअप गाडीको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ। 

मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-३ निवासी ६० वर्षीय उदयबहादुर गहतराज रहेको प्रहरी कार्यालय झापाले जनाएको छ। 

प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड-३ मा सोमबार बिहान ५ बजे प्रदेश १-०१-००१ च ८३१९ नम्बरको पिकअप गाडीले साइकल यात्री गहतराजलाई ठक्कर दिएको थियो। 

दुर्घटनामा परी घाइते भएका गहतराजको बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

यता ठक्कर दिने गाडी र चालक पथरी शनिश्चरे मोरङका कमलबहादुर मगरलाई इलाका प्रहरी कार्यालय अनारमनिले नियन्त्रणमा लिएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.