नमूना मतदानमै औँठा छाप

नमूना मतदानमै औँठा छाप

जोमसोम : मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा आइतबारदेखि धमाधम पालिकास्तरीय नमूना मतदान सञ्चालन भइरहेको छ।

जिल्ला निर्वाचन कार्यालय मुस्ताङले आइतबार उपल्लो मुस्ताङको लोघेकर-३ घिलिङ र सोमबार उपल्लो मुस्ताङको लोमान्थाङमा नमूना मतदान सम्पन्न गरेको छ।

लोमान्थाङमा भएको नमूना मतदानमा एउटामा औँठा छाप लगाइएको मतपत्र भेटिएको हो। लोमान्थाङमा ७८ जनाले नमूना मतदानमा भाग लिएका थिए। जसमा ८ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी समिर थापाले जानकारी दिए। 

'लोमान्थाङमा जाडो छल्न मतदाता बेसी झरेपनि नमूना मतदान उत्साहजनक भयो,' उनले भने, '८ मत बदर भएकोमा एक मतमा औठा छाप प्रयोग भएको पाइयो।'

लोघेकरको घीलिङमा भएको नमूना मतदानमा ३८ जनाले मतदान गरेकोमा १५ मत बदर भएको सूचना अधिकारी थापाले बताए। 

मंगलबार थासाङको टुकुचेमा नमूना मतदान सम्पन्न भएको छ भने अब बारागुङ मुक्तिक्षेत्र गापा र घरपझोङमा नमूना मतदान गर्ने कार्यक्रम रहेको उनले जनाए।

लोमान्थाङमा भएको नमूना मतदानमा स्थानीयलाई नमूना मतदानबारे स्थानीय भाषा र नेपाली भाषामा जानकारी गराइएको थियो। 

स्थानीय भाषाको सहजीकरण लोमान्थाङ-५ का वडा सदस्य छेवाङ रिङझिङ गुरुङ र नेपाली भाषाको सहजीकरण सूचना अधिकारी समिर थापाले गरेका थिए।

मुस्ताङमा आइतबारदेखि मतदाता शिक्षा तालिम पनि सुरु भएको छ। मुस्ताङका ५ स्थानीय तहमा १० हजार ९५७ जना मतदाता छन्। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.