मिसन र भिजनसहित स्वतन्त्र उम्मेदवार कृष्ण

मिसन र भिजनसहित स्वतन्त्र उम्मेदवार कृष्ण

जनकपुरधाम : न कुनै तामझाम न तडकभडक। केवल समान्य हाउभाउ। खुट्टामा चप्पल, काँधमा गम्छा। एउटा झोला बोकेर हरेक दिन बिहानदेखि साँझसम्म चुनावी प्रचारमा हिँड्छन्। उनी हुन्, धनुषा बटेश्वर गाउँपालिका–१ चित्रपुरका कलाकार कृष्ण महतो। उनी आसन्न प्रतिनिधि÷प्रदेशसभा निर्वाचनका लागि स्वतन्त्रबाट धनुषा ४ बाट उम्मेदवार छन्।  

कृष्णको जीवन जति सामान्य छ त्यति सामान्य उनको चुनावी प्रचारप्रसार शैली छ। उनी एक्लै पैदल चुनाव चिह्न अंकित झण्डा फहराउँदै हातमा चुनावी पर्चा बोकेर बस्ती–बस्तीमा पुग्छन्। कतै अटो त कतै पैदल हिँडेर कृष्ण जनतालाई आफ्नो उम्मेदवारीको मिसन र भिजन बताउँदै मत माग्ने उनको दैनिकी बनेको छ। 

कृष्ण जनकपुरको एक टेलभिजन तथा सडक नाटकबाट चर्चित अनुहार भएकोले चौक–चौराहा र गाउँ–टोलमा कृष्ण भोट माग्न आएको खबर पाउनासाथ जनता उनी नजिक पुग्छन्। सधै टेलिभिजनको हास्यव्यंग्य कार्यक्रममा हसाइरहेको देख्ने कृष्णले बडो गम्भीरका साथ आफ्नो मिसन र भिजन बताउँदा सुन्नेहरू दंग हुन्छन् । अनि आशिर्वाद दिएर पठाउने गरेको युवा सरोजकुमार महतो बताउँछन्। 

कृष्णको लवाइखवाइ र अभिव्यक्तिमा कुनै करकाप, छलछाम, अपत्यारिला शब्द हुँदैनन्। उनी बोल्दा न  मञ्च हुन्छ न  कुनै साउण्ड सिस्टम। न कार्यकर्ताको लस्कर, हुन्छ त केवल कृष्ण र उनको आवाज। केही नेपाली चलचित्रहरूमा समेत अभिनय गरिसकेका कृष्णको क्रेज र ख्यातीले उनलाई भेट्न आउने सर्वसाधारणलाई उनले अबको पालो कृष्ण र कैंचीको भनेर जवाफ फर्काउँछन्।

वर्षौंदेखि जनतालाई गुमराहमा राखेर देशलाई भ्रष्टाचार, कमिसन खोरीमा डुबाएका राजनीतिक दल, तिनका नेता र उम्मेदवारहरूको जालो काट्न कृष्ण कैंची चुनाव चिह्न लिएर मत माग्दै आएको बटेश्वरका विजय सिंह बताउँछन्। उनी भन्छन्, ‘उनको चुनावी प्रचारको शैली नै सबैभन्दा फरक छ। जो कोहीले पनि सुन्छन्। विशेषगरी युवाहरूमा उनको क्रेज दिनानुदिन बढ्दै छ।’

आफूले निकै संघर्ष गरेकाले गरिबी बुझेको बताउँदै कृष्णाले भने, ‘मैले पाएको दुःख अरूले नपाउन् भन्ने इच्छा भएकाले स्वतन्त्र राजनीतिमा होमिएको हुँ।’ कृष्णका प्रतिस्पर्धी नेकपा एमालेका सचिव रघुवीर महासेठ, नेपाली कांग्रेसका सहमहामन्त्री रामकृष्ण यादव, समाजवादी पार्टीका महाजन यादवसहितका प्रतिस्पर्धी छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.