तस्बिरमा हेर्नुहोस् डोटीमा भूकम्पले क्षतविक्षत पारेका घर

तस्बिरमा हेर्नुहोस् डोटीमा भूकम्पले क्षतविक्षत पारेका घर

डोटी : डोटीमा भूकम्पले घर भत्किंदा ६ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। मध्यराति २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौं घरहरू भत्किएका छन् । 

राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाइ ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँमा भुकम्पका कारण ८ घर पुर्णरुपमा भत्किएका छन् ।

अहिले उद्धार टोलीले भत्किएको तथा चर्किएका घरहरुबाट लत्ताकपडा, अनाज, भाँडाकुडा लगायतका सामग्री सुरक्षित स्थानमा ओसारिरहेको छ । घरमा च्यापिएर दर्जनौंको संख्यामा पशु चौपायहरु समेत मरेका बताइएको छ ।

शिक्षक मिनराज ओझाका अनुसार अधिकांश स्थानीयका घरहरू भत्किनुका साथै चर्किएका छन्, स्थानीय त्रसित देखिएका छन् । भूकम्पका कारण सो क्षेत्र तथा सायल गाउँपालिका क्षेत्रका ठाउँठाउँमा पहिरो गएको स्थानीय दलबहादुर देउवाले जानकारी दिएका छन् ।

गैरागाउँमा घर भत्किदा च्यापिएर ६ जनाको मृत्यु भएको र उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोला भट्टले जानकारी दिएका छन् । ७ जना घाइतेहरुमध्ये ४ जनाको उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएको छ भने अन्य ३ जना सामान्य घाइते भएका कारण गाउँमै उपचार भइरहेको बताइएको छ ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयको टोली उद्धारमा खटिएको भाटले जानकारी दिएका छन् । भूकम्पबाट त्रसित भएका स्थानीयहरुको व्यवस्थापनको लागि नेपाल रेडक्रसको टिम समेत परिचालित भएको छ । उनीहरुको खान र बस्नको व्यवस्थापन गाउँकै नजिक भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.