सोलुखुम्बुमा ट्रेकिङ जाने क्रममा एक युवकको मृत्यु
सोलुखुम्बु : सोलुखुम्बुमा ट्रेकिङ जाने क्रममा एक युवकको ज्यान गएको छ। ज्यान जानेमा सोलुदुधकुण्ड नगरपालिका-१ रिङमुका २६ वर्षीय अम्बर लामिछाने (विश्वकर्मा) रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
प्रहरी निरीक्षक राम किशोर शाहका अनुसार चम्पा ट्रेकिङ प्रालि काठमाडौंमार्फत् ट्रेकिङ आएका विश्वकर्माको महाकुलुङ गाउँपालिका-१ बरुन्चे बेस क्याम्पमा आज (बधबार) विहान साडे ४ बजे ज्यान गएको हो।
उनको मृत्युको कारण खुल्न सकेको छैन। हेलिकप्टरमार्फत् सल्लेरी ल्याइएको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुको शव गृहमा राखिएको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।