स्याङ्जा कांग्रेसको कार्यवाहक सभापति काफ्ले

स्याङ्जा कांग्रेसको कार्यवाहक सभापति काफ्ले

स्याङ्जा : नेपाली कांग्रेस स्याङ्जाको कार्यवाहक सभापतिको जिम्मेवारी केदार काफ्लेलाई दिइएको छ। 

स्याङ्जाका सभापति राजु थापा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार बनेपछि काफ्लेलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो।

सभापति थापाले काफ्लेलाई नेपाली कांग्रेसको विधान धारा १२ को उपधारा ७ (ट) ले दिएको अधिकार प्रयोग गरी नेपाली कांग्रेस जिल्ला कार्यसमितिको कार्यबाहक सभापतिको जिम्मेवारी दिएको जनाए।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति स्याङ्जाका उपसभापति समेत रहेका काफ्ललेलाई कार्यवाहकको जिम्मेवारी दिइएको छ। 

यसैगरी नेपाली कांग्रेस स्याङ्जाले मंसिर ४ गतेको निर्वाचनका लागि कांग्रेससहित गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन विभिन्न समितिहरु गठन गरेको छ। 

जिल्लास्तरीय अनुगमन समितिको संयोजकमा कार्यवाहक सभापति केदार काफ्ले, चुनाव प्रचार प्रसार समितिको संयोजकमा सचिव दामोदर लम्साल, सूचना तथा सञ्चारमा पार्टीका प्रवक्ता भरतराज लम्साल, सूचना तथा प्रविधि समितिको संयोजकमा फणिन्द्र पौडेललाई जिम्मेवारी दिइएको नेपाली कांग्रेस स्याङ्जाले जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.