३१० किलोमिटर लामो 'सोलुखुम्बु ट्रेल' को उपाधि रबिनलाई

३१० किलोमिटर लामो 'सोलुखुम्बु ट्रेल' को उपाधि रबिनलाई

काठमाडौं : सोलुखुम्बुमा आयोजना गरिएको १५ दिन लामो 'सोलुखुम्बु ट्रेल रेस' को उपाधि सोलुदुधकुण्ड नगरपालिका-१ टाक्सिन्दुका रबिन बस्नेतले जितेका छन्। 

३१० किलोमिटर रेसको दूरी पार गर्दै रबिन विजेता बनेका हुन्। त्यस्तै मुना राई द्वितीय र ल्हामु शेर्पा तृतीय भएका छन्। सोलुदुधकुण्ड नगरपालिका-८ धापबाट सुरु भएको ट्रेलमा ३९ जना विदेशी र ४ जना नेपाली धावक सहभागी थिए। 

ओलम्पिक विजेता दा छिरि शेर्पाको नेतृत्वमा सुरु ट्रेल पिके-दुधकुण्ड-नाम्चे-सगरमाथा आधार शिविर हुँदै फर्केर फाप्लुमा आएर समापन भएको हो। 

दा छिरि शेर्पा फाउण्डेशन र नेपाल पर्वतारोहणको सहयोगमा द स्माल वर्ल्ड (टिएसडब्लु) ले रेसको आयोजना गरेको हो। रेसले खेल पर्यटनको सम्भावनालाई दर्शाएको आयोजक टिएसडब्लुका अध्यक्ष कर्मा शेर्पाले बताए। 

ट्रेल'को नेतृत्वकर्ता धावक दा छिरिले खेल पर्यटनको सम्भावना केलाउँदै यसलाई निरन्तरता दिने बताए। कोरोना महामारीपछि नेपालमा पर्यटकीय गतिविधि बढेसँगै नेपालमा अन्तर्राष्ट्रिय स्तरको दौड आयोजना गरिएको आयोजकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.